मातृभाषा प्रयोगमा प्रदेशमन्त्री सोनलको जोड

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले आ–आफ्नो भाषाको विकासका लागि त्यही भाषालाई विभिन्न कार्यमा प्रयोग गर्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय मातृ भाषा दिवसको अवसरमा आइतबार पर्सामा भोजपुरी प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका सोनलले हिनतावोधभन्दा माथि उठेर भोजपुरी बोलेर आफ्ना कुरा राख्न आग्रह गरे ।
भोजपुरी भाषाको विकासलाई कसैले रोक्न नसकिने बताउँदै उनले जबसम्म भाषा प्रयोगमा आउँदैन, तबसम्म त्यसको विकास नहुने भएकाले भाषालाई अधिकतम प्रयोगमा ल्याउनुपर्ने बताए । ‘केन्द्रिकृत राज्य प्रणालीमा एउटै भाषा, एउटै भेषको नीति थियो,’ उनले भने, ‘गणतन्त्र आएपछि सबै भाषाको विकास हुनुपथ्र्यो तर यस्तो ग्रहण लाग्यो कि भाषाको विकास हुन सकेन ।’ उनले लोकतन्त्र प्राप्तिको लडाइँमा भोजपुरी समाज जहिले पनि अग्र मोर्चामा रहेको उल्लेख गर्दै देशका लागि भोजपुरी भाषी अझै लड्न तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र
-
पेप्सीकोलामा ६० लाख लुटपाटमा संलग्नहरूविरुद्ध डाँकाचोरी मुद्दा
-
बेंगलुरुसँग हार्यो राजस्थान, कोहलीले बनाए टी-२० मा १०० औँ अर्धशतक
-
२०८१ लाई फर्केर हेर्दा : बागमतीको सरकार र संसद दुवै प्रभावकारी देखिएन
-
एमालेले बोलायो सचिवालय बैठक