शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कहिलेसम्म बढ्छ इन्फ्रास्टक्चर बैंकको सेयर मूल्य, लगानी कर्ताले कति कमाए ?

आइतबार, ०९ फागुन २०७७, १६ : १९
आइतबार, ०९ फागुन २०७७

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर मूल्य लगातार बढिरहेको छ । फागुन ९ गते यसको सेयर मूल्य ६ सय रुपैयाँ प्रतिकित्ता पुगेको छ । यस आधारमा  ५ हजार लगानी गरेर ५० किता सेयर किन्नेको अहिले सेयर मूल्य ३० हजार रुपैयाँ पुगेको छ भने ६ हजार लगानी गरेर ६० कित्ता किन्नेको लगानी ३६ हजार रुपैयाँ पुगेको छ । 

सेयर बजारका जानकार अब अझै केही समय निफ्राको सेयर मूल्य बढ्ने र त्यसपछि एउटा विन्दुमा पुगेपछि केही समय स्थिर रहने वा केही तलमाथि हुने बताउँछन् ।  प्रि ओपन सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ३ सय ४० रुपैयाँमा भएको थियो । नेप्सेले इन्फ्रास्ट्रक्चरलाई पहिलो कारोबारका लागि न्यूनतम १ सय १३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३ सय ४० रुपैयाँ ४६ पैसासम्म रेन्ज तोकेको थियो । 

यसको बजार पुँजीकरण अहिले १ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । यसको २० करोड कित्ता सेयर दोस्रो बजारमा कारोबार भइरहेको छ । बैंकको हालको चुक्तापुँजी २० अर्ब रुपैयाँ छ । चालू आर्थिक बर्षको दोस्रो त्रैमाससम्म बैकको जगेडा कोषमा १ अर्ब ९४ करोड २५ लाख ८१ हजार रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप