इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा एक जनाको मृत्यु
दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक ब्यक्तिको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिववहादुर सिंहका अनुसार हिरासतमा रहेका रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ पातिहाल्ना निवासी ४५ वर्षीय नन्दलाल वलीको मृत्यु भएको हो । मदिरा सेवन गरेर कान्छी श्रीमतीलाई कुटपिट गरेको उजुरी परेपछि उनलाई शनिबार राति ११ बजेतिर पक्राउ गरिएको थियो ।
आईतबार राति २ बजेतिर बिरामी परेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएका उनको आईतबार बिहान ९ बजेतिर उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।
उनका अनुसार अत्याधिक मदिरा सेवन गरेका उनी हिँड्न नसक्ने अवस्था भएपछि प्रहरीले बोकेरै कार्यालयसम्म ल्याएको थियो । डिएसपी सिंहले उनी २०५९ सालदेखि कान्छी श्रीमतीसँग तुलसीपुरमा कोठा भाडामा लिएर बस्दै आएको जानकारी दिए । उनकी जेठी श्रीमती रोल्पामै छिन् ।
उनको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवदाह गृहमा राखिएको छ । आफन्तले भने उनको मृत्युको सत्यतत्य नखुल्दासम्म शव नबुझ्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : चौथो जितसँगै बागमती प्रदेश पहिलो स्थानमा
-
आलोचनापछि गृहमन्त्री लामिछानेले भने : हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन
-
नौ महिनामा नेपालीले ‘राष्ट्रिय फल’ सुन्तला कति खाए ?
-
यसरी समातियो शृङ्खलाबद्ध सहकारी चोरीमा संलग्न ‘फाखेल ग्रुप’
-
कतारलाई हात्ती उपहार दिने निर्णय नै अन्योलमा
-
कर्णालीमा अध्ययन गर्नुपर्ने थुप्रै पुस्तक छन्: प्रदेश प्रमुख परियार