शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल पत्रकार महासंघ युरोप शाखामा विवादः दुई समूहको छुट्टाछुट्टै अधिवेशन

आइतबार, ०९ फागुन २०७७, १४ : ४२
आइतबार, ०९ फागुन २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघ युरोप शाखाको विवाद निरुपण नहुँदा दुई समूहले छुट्टाछुट्टै अधिवेशन गरेका छन्  । दिल्ली अम्माई नेतृत्वले भर्चुअल माध्यमबाट गरेको यो अधिवेशनमा वरिष्ठ पत्रकार भगिरथ योगी, प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका वर्तमान उपाध्यक्ष विपुल पोखरेल र लेखक तथा विश्लेषक नरेन्द्रजँग पिटर बिशिष्ट अतिथिको भूमिकामा सहभागी भए।
यस्तै केजिन राई समूहले पनि पत्रकार हकहित सम्बन्धी ७ बुदे घोषणापत्र जारी गर्दै  सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा अधिवेशन  सम्पन्न गरेको छ। 

सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुरा सोच्न पनि सक्दैनः सञ्चार मन्त्री

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिवद्ध रहेको भन्दै सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन आफू लागिपरेको बताए। प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रका लागि आन्दोलन गर्ने दिन अब गएको भन्दै उनले अहिलेको सरकारले प्रेस स्वतन्त्रतामाथि कुण्ठित गर्ने कुरा  सोच्नपनि नसक्ने बताए। ‘नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने छ। प्रवासमा बसेका आम नेपालीहरुले आफनो मातृभूमिको माया गरिदिनुहोस् तथा हाम्रा गल्तीहरूलाई आलोचना पनि गरिदिनुहोस्’ उनले भने । यूरोप शाखामा रहेका पत्रकारहरुले खेलेको भूमिका अत्यन्त्य सराहनीय रहेको उनले बताए।  

कार्यक्रममा नेपाली राजदूतावास बेल्जियमका राजदूत गेहेन्द्र राजभण्डारी, जर्मनीका नेपाली राजदूत रामकाजी खडका, डेनमार्कका राजदूत युवनाथ लम्साल, फ्रान्सका राजदूत दिपक अधिकारी, पत्रकार महासघं केन्द्रीय सचिव लक्ष्मी पुन ,एनआरएनए केन्द्रीय महासचिव डा. हेमराज शर्मा लगायत यूरोपमा क्रियाशील सामाजिक संघसंस्थाका अगुवाहरुले अधिवेशन सफलताको शुभकामना दिएका थिए। 

अधिवेशनको बन्द सत्रले महासंघका केन्द्रीय उपाध्यक्ष दिलीप थापामगरको अध्यक्षता, केन्द्रीय प्रतिनिधि चिरन शर्मा र पर्यवेक्षक नरेश खपांगीको उपस्थितिमा यूरोप शाखाको सांगठानिक,आर्थिक प्रतिवेदन पास गरेको छ।पत्रकार महासंघको व्यवस्था अनुसार ३० दिनपछि नयाँ नेतृत्व चयन गरिनेछ।  विवादकै बीच महासंघ केन्द्रले अहिले निर्वाचन नगर्नु तर अधिवेशन भने गर्नु भनि दिएको आदेशको पालना गर्दै दुवै समूहले अधिवेशन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप