सकियो ‘चुरीफुरी’को छायाँकन
काठमाडौँ । फिल्म ‘चुरीफुरी’को छायाँकन सकिएको छ । निर्देशक ऋषिराज आचार्यले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै फिल्मको छायाँकन सकिएको जानकारी दिएका हुन् । आचार्यकै लेखन तथा निर्माण समेत रहेको फिल्ममा अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुवोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, सरिस्मा मगरलगायतले अभिनय रहनेछ ।
समसामयिक बिषयमा कमेडी मिसाएर निर्माण भएको फिल्म आरबि मुभिजको ब्यानरमा बनेको हो । जसको निर्माता रीना ढकाल समेत रहेकी छन् भने सह–निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् ।
राहुल राईको छायाँकन रहेको फिल्ममा भिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत, नवीन निरौलाले सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र