प्रदेश १ मा ओली पक्षका सांसदले आज पनि संसद अवरुद्ध गर्ने

विराटनगर । नेकपा विवादको असर प्रदेश सभाहरुमा क्रमशः देखिँदै गएको छ । आजका लागि बोलाइएको प्रदेश १ को प्रदेशसभा बैठक पनि सत्तारुढ नेकपाले नै अवरुद्ध गर्ने भएको छ । जारी सातौं हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि आह््वान गरिए पनि ओली पक्षीय नेकपा बैठक अवरुद्ध गर्ने तयारीमा छ ।
आजको बैठकमा संसद् सचिवालयले अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी गरेपछि सत्तारुढ ओली पक्ष बैठक अवरुद्ध गर्ने नीतिमा लागेको हो । गत माघ २५ को बैठकमै अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो । सो दिन पनि ओली पक्षले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले फागुन ९ सम्म बैठक स्थगित गरेका थिए ।
कारवाहीमा परेका सांसदहरु बैठकमा प्रवेश गरे आइतबारको बैठक पनि सञ्चालन हुन नसक्ने ओली पक्षका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले रातोपाटीलाई बताए । ‘नेपाल कम्युनिस्ट पार्टी नेकपा दुईवटा भएको देखिन्छ । तर, कानुनी रुपमा प्रदेश सभामा दर्ज भएको देखिँदैन । प्रदेशसभमा दलको नेता भनेर चिनिने शेरधन राईमात्र हो । त्यसो हुनाले प्रदेश सभामा आफ्ना प्रदेशका सदस्यहरुलाई गरेको कारवाही प्रदेशसभा सचिवालयले कार्यन्वयन गर्नुपर्छ भन्ने हाम्रो भनाई हो ’ उनले भने, ‘बैठक सञ्चालन गर्न खोजिए हामी स्वभाविक रुपमा अवरुद्ध गर्छाैं ।’
मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्ड–माधव पक्षका १६ जना सांसदहरुलाई निलम्बन गर्ने निर्णय गरेको थियो । लगतै प्रचण्ड माधव पक्षले पनि मुख्यमन्त्री राईसहितका ८ जनालाई कारवाही गर्दै भीम आचार्यलाई दलको नेता चयन गरेको थियो । नेकपा प्रचण्ड–माधव पक्षका नेता इन्द्र आङ्बोले आजको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गरेर नियमित प्रकृयामा बैठक अघि बढ्नुपर्ने प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आत्मनिर्भरता, आधुनिकीकरण र व्यवसायीकरणतर्फ केन्द्रित छु : मन्त्री अधिकारी
-
सलमानलाई फेरि ज्यान मार्ने धम्की, कारलाई बमले उडाउने सन्देश
-
रोजगार श्रृङ्खलामा काम गर्ने प्रतिबद्धतासहित श्रममन्त्रीले दिए नयाँ वर्षको शुभकामना
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा