मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली पत्रकारहरुलाई नेपाल सरकारले सधैँ साथ दिन्छ : सञ्चारमन्त्री गुरुङ

आइतबार, ०९ फागुन २०७७, १० : २३
आइतबार, ०९ फागुन २०७७

दिनेश गौतम

साईप्रस । नेपाली पत्रकारहरुको सवालमा नेपाल सरकार सदैव साथमा रहने सूचना, प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङले प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौँथो अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री गुरुङले प्रवासमा बसेर नेपाली पत्रकारहरुले आफनो मातृभूमिको माया गरेर नेपालीपन झल्काएकोमा आफू धेरै खुसी भएको र पत्रकार महासङ्घ युरोप शाखासँग आफु र सारा मन्त्रालय साथमा रहेको बताए । युरोप शाखामा रहेका पत्रकारहरुले खेलेको भूमिका अत्यन्त सरहनीय रहेको भन्दै मन्त्री गुरुङले प्रशंसासमेत गरेका थिए ।

महासङ्घ युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघंका केन्द्रिय अध्यक्ष गोविन्द आर्चाय, विशिष्ट अतिथि नेपाली राजदूतावास बेल्जियमका राजदूत गेहेन्द्र राजभण्डारी, जर्मनीका नेपाली राजदूत रामकाजी खड्का, डेनमार्कका लागि नेपाली राजदूत यवनाथ लम्साल, पत्रकार महासघंकी केन्द्रिय सचिव लक्ष्मी पुन, गैरआवासीय नेपाली सघंका केन्द्रिय महासचिव डा. हेमराज शर्मा, एनआरएनए युरोप संयोजक नारायण आर्चाय, नेपाल पत्रकार महासङ्घ बेलायतका अध्यक्ष नरेश खपांगी मगर, विविसी नेपाली सेवाका पूर्वपत्रकार भगिरथ योगी, प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौला, एनआरएनए पोर्तुगलका अध्यक्ष तिलक गैरे लगाएत विभिन्न देशका पत्रकार, एनआरएनए अभियान्त, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।

नेपाल पत्रकार महासघं युरोप शाखाका कार्यबाहक महासचिव द्रोण रिजाल एवमं सचिव महेश अर्चायद्वारा संयुक्त सञ्चालनमा भएको कार्यक्रममा पत्रकार महासङ्घ युरोप शाखाले खेलेको महत्त्वपूर्ण योगदान गरेकोमा अथितिहरुले प्रशांसा व्यक्त गरेका थिए । साथै कार्यक्रममा अतिथिहरुलाई स्वागत पत्रकार महासघं युरोप शाखाकी कार्यसमिति सदस्य सरला कट्टेल गरेकी थिइन् । पत्रकार महासङ्घ केन्द्रिय कार्यलयले खटाएको केन्द्रिय पर्यवेक्षक एवम् पत्रकार महासघं बेलायतका पूर्वअध्यक्ष चिरन शर्माको विशेष उपास्थितिमा सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप