मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

नेताहरूले गणतन्त्रलाई गाईजात्रा बनाए : कमल थापा

आइतबार, ०९ फागुन २०७७, १० : १७
आइतबार, ०९ फागुन २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले  नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका छन् ।

मुलुकमा पछिल्ला समय बिभिन्न राजनीतिक दलका नेताहरुको क्रियाकलापलाई लिएर टिप्पणी  गर्दै  अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् ।

सामाजिक सञ्जालमा अध्यक्ष थापाले लेखेका छन्, आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशविरुद्ध मुद्दा हाल्ने, सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने धम्क्याउने, कार्यहरूले गणतन्त्रलाई गाईजात्रा बनाए ।

अध्यक्ष थापाले यस्ता कार्यहरु गर्नु गाईजात्रा जस्तै भएको टिप्पणी गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप