बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किन हानिन् करीनाले बिपाशालाई थप्पड ?

आइतबार, ०९ फागुन २०७७, ०९ : ४३
आइतबार, ०९ फागुन २०७७

एजेन्सी । बलिउडमा आफ्नै छुट्टै पहिचान बनाउन सफल अभिनेत्री हुन् बिपासा बसु । उनी आज आफ्नो ४२ औँ जन्मदिन मनाइरहेकी छिन् । प्रखर अभिनयका कारण बलिउडमा अलग पहिचान बनाएकी यी अभिनेत्रीले सन् २००१ मा अब्बास मस्तानको फिल्म ुअजनबीुबाट बलिउडमा पाइला टेकेकी थिइन् । 

यसपछि बिपाशाले कहिल्यै पनि करियरमा पछाडि फर्केर हेर्नुपरेन । उनको दमदार अभिनयका कारण नै उनले एकपछि अर्को सुपरहिट फिल्ममा काम गर्ने मौका पाइन् । 

बिपाशाले भुतका फिल्महरु 'राज'मा गरेको अभिनयले दर्शकको धेरै माया पाइन् । यसपछि उनले 'धुम', 'हेराफेरि-२' जस्ता फिल्ममा पनि दमदार अभिनय गरिन् । 

फिल्म खेल्ने क्रममा उनी थुप्रै घटनाहरुसँग जोडिएर चर्चामा आइन् । जसमध्ये अभिनेत्री करीना कपूरसँगको एउटा घटनाले पनि उनी निकै चर्चामा आइन् । सन् २००१ मा फिल्म 'अजनबी' मा बिपाशा र करीनाले एकसाथ काम गरेका थिए । फिल्म सेटमा उनीहरुबीच विवाद भयो । विवादकै क्रममा करीनाले बिपाशालाई थप्पड लगाइन् । जसको चर्चा आजसम्म पनि हुने गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप