बेलायतमा कोरोनाबाट १ लाख २० हजार बढीको मृत्यु

लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा ४४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । केहिदिनयता मृतक संख्यामा निरन्तर कमी आउँदै गएको छ । शनिबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कुल मृतक संख्या एक लाख २० हजार ३६५ पुगेको छ ।
यसैगरी बितेको २४ घन्टामा १० हजार ४०६ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ सिसाल केयर’ को तथ्याँकमा उल्लेख छ । थपिएसँगै नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ५ हजार ६७५ पुगेको छ । विगत केहि दिनयता संक्रमण दरमा केहि कमी आएको ताथ्यांकले देखाएको छ ।
हाल जारी लकडाउन र कोरोना विरुद्धको खोप वितरण कार्यलाई तीव्रता दिएसँगै पछिल्लो समयमा कोरोना संक्रमण र मृत्यु दरमा कम आएको अधिकारीहरुले बताएका छन् । बेलायतको अस्पतालमा बढेको अत्यधिक चाप पनि अहिले निकै कम भएको छ । अघिल्लो महिना अस्पतालमा उपचार गराउनेको संख्या ४० हजार नाघेकोमा अहिलो यो संख्या घटेर १८ हजार ४६२ पुगेको छ ।यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि करिब एक तिहाइ घटेर दुई हजार ४६९ मा झरेको छ ।
एक करोड ७२ लाख बढीले लगाए खोप
बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ७२ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । गतवर्ष डिसेम्बर १२ तारिखबाट शुरु गरिएको खोप अभियानलाई मध्य फेब्रुअरीसम्म १.५ मिलियनलाई खोपको पहिलो डोज दिइसक्ने सरकारको लक्ष्य पूरा भएको छ ।बिहीबार सार्वजनिक तथ्याँकअनुसार हालसम्म एक करोड ७२ लाख ४७ हजार ४४२ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । यसैगरी छ लाख ४ हजार ८८५ जनाले खोपको दोस्रो डोज समेत लिइसकेका छन् ।
हाल बेलायतमा ६५ देखि ६९ वर्षबीचकालाई खोप वितरण गरिंदैछ । हालसम्म ७० वर्षमाथिका चौथो ग्रुपका मानिसहरुलाई खोप वितरण गरिएको र अझै पनि शीर्ष समूह अन्तर्गतका स्वास्थ्यको कारणले जोखिममा परेका, केयर होम रेसिडेन्ट, अग्रपंक्तिमा काम गर्ने हेल्थकेयर वर्कर्सहरु लगायतलाई प्राथामिकतामा नै राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा रोकिने
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान
-
कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन
-
भीमा गुरुङ मृत्यु प्रकरण: एक वर्षपछि फैसला, १५ लाख क्षतिपूर्ति दिनुपर्ने
-
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
-
फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि