शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइन टीभी पत्रकार सङ्घमा भण्डारी

शनिबार, ०८ फागुन २०७७, २३ : २१
शनिबार, ०८ फागुन २०७७

पत्रकार जीवन भण्डारीको अध्यक्षतामा अनलाइन टीभी पत्रकार सङ्घको नयाँ कार्य समिति गठन गरिएको छ । काठमाडौँमा भएको सङ्घको पहिलो अधिवेशनले संस्थापक अध्यक्ष भण्डारीकै नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । 

    नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा सञ्जिव रेग्मी, उपाध्यक्षमा कुशलभ केसी, महासचिवमा पवन फुँयाल र सचिवमा सरोज गिरी निर्वाचित भएको निर्वाचन समितिका संयोजक भुपराज बस्यालले जानकारी दिए । सङ्घले नयाँ सदस्यता खुला गर्दै नयाँ सदस्यता पाएमध्येबाट केहीलाई कार्य समितिमा मनोनयन गर्ने व्यवस्था गरिएको नवनिर्वाचित सदस्य गोपीकृष्ण लिम्बुले जानकारी दिए ।

    युट्युव, फेसबुकलगायत सामाजिक सञ्जाल तथा अनलाइनमार्फत टेलिभिजन पत्रकारिताको अभ्यास गर्न थालेका सञ्चारकर्मीलाई शुद्धीकरण र सुदृढीकरण गर्ने उद्देश्यले गत साउनमा सङ्घको स्थापना भएको हो । गत वर्षको माघ २४ गते भएको अनलाइन टीभी पत्रकारको भेलाअनुसार गठन भएको सङ्घले अनलाइन टीभी स्वनियमन निर्देशिका पनि जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप