शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चुनावको तयारीमा जुट्न ओलीको आग्रह

शनिबार, ०८ फागुन २०७७, २३ : ०२
शनिबार, ०८ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्योल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न सबैलाई आग्रह गरेका छन् । नेकपा प्रदेश नं १ कमिटीद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै उनले प्रत्येक सभामा जनताको ठूलो उपस्थिति हुने गरेको बताए । उनले जनतामा भ्रम सिर्जना गर्ने र विकास विरोधीलाई आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा पराजित गर्न अपिल गरे। 

उनले चुुनावमा लोकतन्त्र, विकासवादी शक्ति र समृद्ध नेपाल निर्माणको अभियानलाई निरन्तरता दिने सोच भएको नेकपा ओली समूहलाई  विजयी बनाउनुपर्नेमा जोड दिए । दुुई तिहाई नजिकको सरकारलाई काम गर्न नदिने र काम गर्दा पनि हरेक विषयमा अवरोध पुु¥याउन खोजेकाले आफूले जनताबीच जाने निर्णय गरेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आफूले विसं २०४७ देखि नै अहिलेसम्म निर्वाचनमा सूर्य चिह्नबाट लडेको बताउँदै अर्को पक्षले सूर्य चिह्नमा कहिले पनि निर्वाचन नलडेको र अहिले निर्वाचन आयोगमा सूर्य चिह्न आफूले पाउनुुपर्छ भन्नुु हठपना मात्र भएको तर्क गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप