रुसी विपक्षी नेता नाभाल्नीको अपिल अदालतद्वारा खारेज

एजेन्सी । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजायविरुद्ध गरेको अपिललाई रूसको एक अदालतले शनिबार खारेज गरिदिएको छ । नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लङ्घन गरेको आरोप लागेको छ ।
नाभाल्नी रूसी नेता भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । उनीमाथि पुटिन सरकारले राजनीतिक प्रतिशोधका कारण पटक पटक दुःख दिने गरेको नाभाल्नी पक्षधर समूहको दावी रहँदै आएको छ । घातक विष खुवाइएपछि बिरामी परेका नाभाल्नी जर्मनीमा उपचार गराई करिब पाँच महिनापछि गत महिना रूस फर्किएका थिए ।
रुस फर्केलगत्तै नाभाल्नीलाई पक्राउ गरिएको थियो । उनले यस आक्रमणको लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको आरोप लगाउँदै आफूमाथि लगाइएको आरोपहरू बनावटी भएको बताउँदै आएका छन् ।
रूसी राष्ट्रपति पुटिनले भने यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। नाभाल्नीको रिहाइका लागि यूरोपियन मानव अधिकार अदालत (ईसीएचआर) ले दबाव दिइरहेको समयमा रुसको अदालतले नभाल्नीको अपिललाई खारेज गरेको हो ।
रुसले ईसीएचआरको मागको खण्डन गर्दै आफ्नो देशको मामिलामा गैरकानुनी हस्तक्षेप अस्वीकार्य भएको टिप्पणी गरेको छ । नाभाल्नीका समर्थकहरूले उनीमाथि लागेको आरोपलाई राजनीतिक महत्वाकांक्षालाई विफल पार्ने प्रयासको रूपमा रहेको बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’
-
अतिरिक्त भन्सार महसुलको चिन्ताले अमेरिका र एशियामा शेयर बजार चौपट