बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विप्लव समूहका विद्यार्थी नेतासहित विभिन्न दलका नेता–कार्यकर्ता प्रचण्ड–माधव नेतृत्वको नेकपामा प्रवेश

शनिबार, ०८ फागुन २०७७, २२ : १५
शनिबार, ०८ फागुन २०७७

गुल्मी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी नेता र ईस्मा गाउँपालिका दोहलीका काँग्रेस पार्टी सभापति सहित ८ जना नेता–कार्यकर्ता शनिबार प्रचण्ड–माधव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका  जिल्ला सचिव विष्णु विश्वकर्मा, सोही संगठनका सदस्यहरु कृष्ण सुनार, कमल मगर, लक्ष्मण गोतामे, आश्विन अर्याल र विमल बोहरा शनिबार सदरमुकाम तम्घासमा नेकपाको प्रचण्ड–माधव पक्षले आयोजना गरेको युवा तथा विद्यार्थी प्रशिक्षण कार्याक्रमा पार्टी प्रवेश गरेका हुन् ।

त्यस्तै, नेपाली काँग्रेस ईस्मा दोहलीका सभापति केशव रिजाल र सोही पार्टी निकट तरुण दल चन्द्रकोटका युवा नेता गणेश अर्याल पनि प्रचण्ड–माधव नेतृत्वको नेकपमा प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य गोकर्ण बिष्ट र लुम्विीनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले खादा ओढाएर स्वागत गरेका थिए ।

यस्तै, केहीदिन अघि नेकपाको ओली पक्ष निकट युवा संघ नेपालको जिल्ला ईन्चार्ज परित्याग गरी नेकपाको प्रचण्ड–माधव पक्षमा प्रवेश गरेका छत्रकोट गाउँपालिकाका हिमाल थापाले ओली समूहमा लाग्नु भनेको नेपाली जनताको भाग्य र भविष्य खोस्नु हो भन्ने ठानेर संविधान बचाउन र जनतालाई समृद्धिको दिशामा लैजान आफू प्रचण्ड–माधव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप