सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री साहको आक्रोश– ज्ञानेन्द्रको खुट्टामा दाम चढाउने माधव नेपाल कसरी अग्रगमनकारी ?

शनिबार, ०८ फागुन २०७७, २२ : १०
शनिबार, ०८ फागुन २०७७


 सहरी विकास मन्त्री प्रभुु साहले तत्कालीन राजा ज्ञानेन्द्रको खुट्टामा दाम चढाउने पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कसरी अग्रगमनकारी भए भन्ने प्रश्न गरेका छन् ।

गृहजिल्ला रौतहटको संसदीय निर्वाचन क्षेत्र २ अन्तर्गत तेजापाकडमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले माधवकुमार नेपालमा पदलोलुपता रहेको आरोप लगाए ।

नेता नेपालकै गृहजिल्लासमेत रहेको रौतहटमा उनको आलोचना गर्दै साहले छिमेकी मुलुक भारतमा सांसद पदमा निर्वाचित काँग्रेस नेतृ सोनिया गान्धीले जनताको सामान्य विरोधपछि आफुु प्रधानमन्त्री नबनेर मनमोहन सिंहलाई प्रधानमन्त्री बनाएको तर माधवकुमार नेपालले चुनाव हारेर प्रधानमन्त्री र महाधिवेशनमा हारेर पनि पार्टी अध्यक्ष बन्न कुन नैतिकताले दियो भन्ने प्रश्न गरे ।

नेकपाको दुुई तिहाईको सरकारमा केही खराब कम्युनिष्टहरुले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिने र आफ्नै पार्टीको सरकार ढाल्न अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रवृत्तिले गर्दा प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि जानुपर्ने बाध्यता आएको उनले बताए ।

मन्त्री साहले मधेशवादी दलप्रति पनि आक्रोस व्यक्त गरे । आफूलाई मधेसवादी भन्ने दलहरुले समग्र मधेसीको बदनाम गराएको उनको भनाइ थियो ।

प्रदेश २ सरकारको वार्षिक ४० अर्ब रुपैयाँको बजेट प्रदेशका आठवटै जिल्लामा समान रुपमा बाँड्ने हो भने एउटा जिल्लाको हकमा वर्षको ५ अरब रुपैयाँ पर्ने तर प्रदेश सरकारले रौतहटमा एक ईन्च पनि कतै सडक कालोपत्रे गर्ने अथवा ठोस पूर्वाधार निर्माण नगरेको उनको आरोप थियो ।

गरिब र दलितको लागि बर्सेनि घर बनाउन जनता आवास कार्यक्रम अन्तर्गत अरबौं रुपैयाँ संघ सरकारले पठाउँदै आएको भए पनि प्रदेश २ सरकारले पछिल्लो तीन वर्षदेखि उक्त योजनाको रकम फ्रिज गराएर अन्याय गरेको आरोप पनि उनले लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप