आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरको होटलमा युवतीको शव फेला

शनिबार, ०८ फागुन २०७७, २२ : ०७
शनिबार, ०८ फागुन २०७७

जनकपुरधामको एक होटलमा अन्दाजी २२ वर्षीय युवतीको शव फेला परेको छ । शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित नमस्कार होटल एण्ड गेस्ट हाउसमा ती युवतीको शव फेला परेको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

सो होटलको कोठामा झुण्डिएको अवस्थामा आज साँझ फेला परेको प्रवक्ता मिश्रले बताए । उनी त्यस गेस्ट हाउसमा विगत २ दिनदेखि बस्दै आएको खुलेको छ । 
मृतक युवतीको परिचय खुल्न सकेको छैन भने घटनाका सम्बन्धमा  अनुसन्धान कार्य अगाडि बढाइएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप