प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन चितवनको प्रथम भेला सम्पन्न
चितवन । प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन चितवनको प्रथम भेला शनिबार सम्पन्न भएको छ । भेलाको उद्घाटन भरतपुर महानगर प्रमुख तथा नेकपाका केन्द्रीय सदस्य रेनु दाहालबाट भएको हो ।
भेलाले प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन चितवनको अध्यक्ष सूर्य प्रकाश लामालाई चयन गरेको छ । यस्तै सचिवमा सन्तोष आचार्यलाई चयन गरेको छ ।
एशोसिएसनका केन्द्रीय संयोजक नन्दलाल बन्जाडेको विशिष्ट आतिथ्यमा भएको भेलाले १०१ सदस्यीयजिल्ला कमिटी पनि चयन गरेको छ।
यो नेकपा (प्रचण्ड माधव समूह) का इन्जिनियरहरुको प्रथम जिल्ला भेला एकतापछि नेपालमै पहिलो पटक भएको हो । बाँकी पधाधिकारी र जिम्मेवारीहरु भने नवनिर्वाचित कमिटीको पहिलो बैठकमार्फत छिटै टुंगाउने बताइएको छ ।
भेलाले १० सदस्यीय सल्लाहकार कमिटी पनि चयन गरेको छ। सल्लाहकारहरुमा बाबुराम ढकाल, हरि भण्डारी, माघव उप्रेती,राजेश कोइराला, रत्न लामिछाने, वीरेन्द्र चौघरी, विराट घिमिरे, खिमानन्द सुवेदी, मेघनाथ शर्मा र बलिभद्र न्यौपानेलाई पनि चयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत
-
स्पेनिस ला–लिगा फुटबलमा जिरोना र एलाभेसले अंक बाँडे
-
‘गर्भपतन गर्नु कुनै ‘पाप’ होइन’
-
शीर्ष स्थानमा रहेको कोलकातालाई दौडबाट बाहिरिएको मुम्बईको चुनौती
-
काठमाडौँका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर