आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

संघीयता खारेज नगरे देश नै खारेज हुन सक्छ : चित्रबहादुर केसी

शनिबार, ०८ फागुन २०७७, १९ : १८
शनिबार, ०८ फागुन २०७७

बुटवल ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संघीयता खारेज नगरे देश नै खारेज हुन सक्ने चेतावनी दिएका छन् । सत्ता र शक्तिका लागि केही दलका नेताहरु भारतको इसारामा चलेकाले समस्या उत्पन्न भएको उनले बताए ।

शनिबार बुटवलमा आयोजित कार्यक्रममा केसीले नेकपामा विवाद उत्पन्न भएसँगै नेपालमा भारतीय चलखेल बढेको दावी गर्दै अहिलेको समस्याको निकास भनेकै प्रतिनिधिसभा पुनर्स्थापना भएको प्रस्ट पारे ।
प्रतिनिधिसभा पुर्स्थापना नभए देशमा ठूलो संकट आउन सक्ने उनले बताए । २०४७ सालको संविधानले प्रनिनिधिसभा विघटन गर्न प्रधानमन्त्रीलाई अधिकार दिए पनि संविधानसभाबाट बनाइएको संविधानले प्रधानमन्त्रीलाई त्यस्तो अधिकार नदिएको केसीको भनाइ छ ।

संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम निरंकुश र अलोकतान्त्रिक भएको उनले बताए । सरकारलाई काम गर्न दिएनन् भन्ने नाममा प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा अर्को कुन शक्तिले त्यो अधिकार प्रधानमन्त्रीलाई दियो भन्ने प्रश्नसमेत उनले गरे ।

नेपालको लागि संघीयता घाँडो भएको बताउँदै केसीले प्रदेश संरचना खारेज गरेर स्थानीय तहलाई अधिकार सम्पन्न नगराएसम्म देशले निकास पाउन नसक्ने दावी गरे । नेपालजस्तो सानो देशले संघीयतालाई थेग्न नसक्ने उनको भनाइ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप