आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

संसद् विघटनले जटिलता निम्त्यायो,अब ताजा जनादेशः कमल थापा

शनिबार, ०८ फागुन २०७७, १७ : ५५
शनिबार, ०८ फागुन २०७७

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संवैधानिक जटिलता निम्त्याएको बताएका छन् । आज झापाको गौरिगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्र, धर्मपरिवर्तन र सर्वसत्तावादको चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने विचार ब्यक्त गरे । 

अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र लोकतान्त्रिक र प्रगतिशील मान्यता भएको भन्दै शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा मात्र राजसंस्था रहँदा मुलुकको सर्वोपरी हित हुने दाबी गरे । 
सबै धर्मको सम्मान हुने गरि सनातन हिन्दुराष्ट्र कायम गर्दा मुलुकको धर्म, संस्कृती, परम्परा र मौलिकताको जगेर्ना हुने पनि थापाको धारणा थियो। 

१४ वर्षको राजनितीक अभ्यास असफल भएको भन्दै विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेर जानुमा  स्वार्थ र शक्तिको फोहरी राजनितीले काम गरेको उनको भनाई थियो ।

 कम्युनिस्ट पार्टी भित्रको द्वन्द्व देश हित र निर्माणका निमित्त नभई कुर्सी शक्ति र भागबण्डाको निमित्त मात्र भएको थापाको टिप्पणी थियो। 

कार्यक्रममा बोल्दै राप्रपा नेता राजेन्द्र लिङ्देनले राप्रपालाई काङ्ग्रेस र कम्युनिस्टको विकल्पको रुपमा स्थापित गराएरै छाड्ने दृढता ब्यक्त गरे। 

कार्यक्रममा नेताहरू राम थापा, टेकनारायण राजबंशी, अम्बर विष्ट , बासुदेव भट्टराई , बाबुराजा श्रेष्ठलगायतले सम्बोधन गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप