शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यौनजन्य अपराध न्यूनीकरणका लागि दबाबस्वरुप सडक नाटक (तस्बिरहरु)

शनिबार, ०८ फागुन २०७७, १७ : २६
शनिबार, ०८ फागुन २०७७

हेटौंडा । न्यायका लागि स्वतन्त्र जनदबाब नामक समूहले बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार बलात्कार तथा महिलामाथि हुने यौन दुर्व्यवहार र हिंसाको विरोधमा सडक नाटक प्रस्तुत गरेका छन् । 
सडक नाटकमार्फत् समाजमा सचेतना फैलाउने उद्देश्यसहित कार्यक्रममा देशका विभिन्न ठाउँमा भएका बलात्कार र हिंसाका प्रतिनिधि घटनाको स्मरण गर्दै ती घटनामाथि सामाजिक विश्लेषण, देशको कानूनी अवस्था र सुधार गनुपर्ने पक्षबारे जानकारी गराइएको थियो ।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त, बझाङकी सम्झना विक, बैतडीकी भागरथी भट्टको अभिनय गर्दै न्यायको मागसहित  रचनात्मक शैलीमा विरोध प्रदर्शन गरिएको थियो ।
हेटौंडाको सिमा चोक र बुद्ध चोकको सडक नै अवरुद्ध गरेर करिब एक घण्टा युवाहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित जनचेतनामुलक नाटक प्रस्तुत गरेका हुन् । 

महिलामाथि हुने बलात्कार, हत्या तथा हिंसाको घटनालाई  निर्मूल पार्न सरकारको मुखमात्र ताकेर नहुने र सिङ्गो समाज नै यस्ता घटनाको विरोधमा लागेर अघि बढ्नुपर्ने कार्यक्रमका सहभागी युवा अभियन्ता विकेशलाल श्रेष्ठले बताए । 

हेटौंडाको हुप्रचौरमा जम्मा भएका युवाहरुले ¥यालीसहित बजारका मूख्यमूख्य स्थानको परिक्रमा गर्दै बुद्ध चोकमा पुगेर सडक नाटक प्रस्तुत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप