प्रजातन्त्र दिवसमा जग्गाधनी पुर्जा वितरण
सिन्धुली । यहाँ ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा जग्गाधनी पुर्जा वितरण गरिएको छ । नापि भएका र गाउँ ब्लकमा दर्ता भएका जग्गाको सम्बन्धित जग्गा धनीलाई नापी कार्यालयले जग्गाधनी पुर्जा वितरण गरेको हो ।
कार्यालयमा आयोजित एक कार्यक्रममार्फत सुनकोशी गाउँपालिका–७ का ७६ वर्षीया शान्ता मायादेवी तामाङलाई मालपोत कार्यालयका प्रमुख निलराज पौडेलले जग्गाधनी पुर्जा हस्तान्तरण गरेका हुन् ।
वर्षौदेखि भोगचलन गर्दै आएका तर जग्गा धनी प्रमाण पुर्जा नहुँदा समस्यामा परेका जग्गाधनीलाई पुर्जा वितरण गरिएको हो । कार्यालयले प्रजातन्त्र दिवसका अवसरमा सुनकोशी–७ मझुवा, तीनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ, मरिण गाउँपालिका–४ र घ्याङलेख गाउँपालिका–२ बस्तिपुरमा रहेका गाउँ ब्लकमा रहेका जग्गधनीलाई पुर्जा वितरण गरिएको हो ।
कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद बडालले सुनकोशी–५ का २३, तीनपाटन–८ का चार, मरिण–४ का आठ र घ्याङलेख–२ का आठलाई जग्गाधनी पुर्जा वितरण गरिएको उनले जानकारी दिए ।
कार्यालयले सबै विवरण मालपोत कार्यालयमा पठाउने र अबका ६० दिनपछि सम्बन्धित जग्गाधनीले कानुनीरुपमा किनबेच गर्न तथा धितो राखेर ऋण निकाल्न सक्ने उहाँको भनाइ छ । पुर्जा पाएपछि खुसि हुँदै शान्ता मायादेवी तामाङले धेरै संघर्षले पुर्जा पाएको बताइन् । जग्गाको पुर्जा दिएकामा उनले सम्बन्धित सबैलाई धन्यवाद दिँदै अब जग्गाको बिक्री गर्ने कानूनी बाटो खुलेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा