आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

ओली बाहेकले सूर्य चिन्ह दाबी गर्न मिल्दैन : मन्त्री रायमाझी

शुक्रबार, ०७ फागुन २०७७, २१ : ३८
शुक्रबार, ०७ फागुन २०७७

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल बाहेकले सूर्य चिन्ह दाबी गर्न नमिल्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज फिदिममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले अर्को पक्षका प्रथम अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हालसम्म सूर्य चिन्हबाट चुनाव नलडेकाले उक्त चिन्ह दाहालको नेतृत्वले पाउन नसक्ने बताए ।

“प्रचण्डले अहिलेसम्म सूर्य चिन्हमा चुनाव लड्नुभएको छैन, जुन चिन्ह आफूले प्रयोग गरेको छैन, त्यही कसरी दाबी गर्न मिल्छ”, रायमाझीले भने “बरु उहाँले हसिया हथौडा चुनाव चिन्ह माग्न सुहाउँछ, सूर्य चिन्हबाट चुनाव लड्ने हो भने प्रम केपी ओलीले टिकट दिनुपर्छ ।”

सहमतिबाट ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन नसक्ने भएपछि चोरबाटोबाट एकता भाड्न खोजेको मन्त्री रायमाझीको भनाइ छ । निर्वाचनबाट शंका नपाल्न आग्रह गर्दै उनले चुनावमा आउन नेपाली काँग्रेसलगायतका पार्टीलाई आह्वानसमेत गरे ।

सभालाई सम्वोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले देश समृद्धिको बाटोमा हिँड्न थालेपछि प्रधानमन्त्री ओलीलाई हटाउने योजना बनाउने काम भए पनि सफल हुन नसकेको बताए । अब ताजा जनादेशका लागि निर्वाचनमा जुट्न उनले जिल्लावासीलाई आग्रहसमेत गरे । 

सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिने प्रचण्ड–माधव आफैँ असफल भएको जिकिर गरे । जिल्लाका सात गाउँपालिकामा गाउँपालिकास्तरीय सभा सम्पन्न गरी आज फिदिममा जिल्ला स्तरीय सभा सम्पन्न गरिएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप