‘सूर्या चौरासी पूजा’ बीमा योजनाः बृद्ध, बृद्धालगायत उत्पीडितलाई सहयोग पुग्नेमा शताब्दी पुरुष सत्यमोहन जोशीको विश्वास
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सूर्या चौरासी पूजा’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । दिर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ आज एक कार्यक्रमका बीच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो । बीमा योजनाको शुभारम्भ शताब्दी पुरुष सत्यमोहन जोशीले गरेका छन् ।
यस योजनामा बीमितको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण गर्ने कम्पनीले जनाएको छ । ‘सूर्या चौरासी पुजा’ बीमा योजनाले बीमाङ्कको २५० प्रतिशत सम्म बीमा कभर प्रदान गर्ने छ । साथै बीमितले बीमाशुल्क भुक्तानी अवधि पश्चात एकमुष्ठ आर्जित बोनस प्राप्त गर्नुका साथै सो पश्चात निजको उमेर ८३ वर्ष नपुग्दासम्म बीमाङ्कको ६ प्रतिशतका दरले वार्षिक पेन्सन समेत प्राप्त हुनेछ ।
अन्नततः बीमितको उमेर ८३ पुरा भइ ८४मा प्रवेश गर्दा बीमितलाई बीमाङ्कको १५० प्रतिशत रकम बीमा वापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ र सो रकमबाट बीमितले निजको चौरासी पूजा उत्सवका रुपमा धुमधामका साथ मनाउन सक्नेछन् ।
‘सूर्या चौरासी पूजा ’ बीमा योजना १६ वर्षदेखी ६० वर्षसम्म उमेरका व्यक्तिहरुले १० देखी ५० वर्षसम्म बीमाशुल्क भुक्तानी अवधीका लागि खरीद गर्न सक्नेछन् । न्यूनतम १ लाख रुपैयाँ बीमाङ्कक तोकिएको सो बीमा योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध रहेको छ, भने बीमा प्रारम्भको दुई वर्षपछि बीमा अवधीभर बीमा सर्पण र बीमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा बोल्दै जोशीले सूर्या लाइफ इन्स्योरेन्सले यो योजनाको शुभारम्भ गरेकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिएका छन् । साथै उनले आगामी दिनमा यस योजनाले बृद्ध, बृद्धालगायत उत्पीडितलाई सहयोग पुग्नेमा आफु विश्वस्त रहेको बताए । जोशीले चौरासी पूजा के हो ? कस्तो हो भन्ने विषयमा जोशीले प्रकाश पारेका थिए ।
यस्तै कार्यक्रममा सूर्या लाइफ इन्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत कम्पनीका सिईओ कमल कुमार खतिवडाले स्वागत गर्नुका साथै ‘सूर्या चौरासी पूजा’ नामक नयाँ बीमा योजनाका बारेमा प्रकाश पारे । प्रमुख खतिवडाले आगामी दिनमा यो योजनामा आफुहरु सधैं प्रयत्नशिल रहने बताए । विगतका कार्यलाई आत्मासाथ गर्दै अगाडि बढ्ने दृढता पनि उनले व्यक्त गरे ।
यस्तै कम्पनीका संस्थापक शेयरधनी विवेक झाले यो बीमा योजना करिब ५ वर्षदेखि सन्चालनमा रहेको र दुई वर्षपछि मात्रै यसमा केहि परिवर्तन आएको बताए । अब यस बीमा योजनाले भविष्यमा ठूलो फड्को मार्ने उनले बताए । बीमा बजारमा अरुको पछाडि नलागेर आफंै दिन र लीन सक्नुपर्ने वातावरण नभएको बताउँदै उनले यस्तो वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिए । उनले भने, ‘निड अनुसारमा बीमा बजारमा ल्याउन जरुरी छ, जुन प्रोडक आफैलाई किनौ किनौ लाग्छ त्यो बीमा नै बिक्छ ।’
साथै कम्पनीले सोही कार्यक्रममार्फत शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान समेत गरेको छ । यस्तै कम्पनीले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गतः निःसहाय सेवा प्रदान, शान्तिनगरलाई तिन दिनको खर्च बाराबरको रकम सहयोग समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सले आज टी–२० शृङ्खलाको पहिलो खेल खेल्ने
-
सहकारी समस्या समाधान गर्न कार्ययोजना बनाउन मन्त्री बज्राचार्यको निर्देशन
-
सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको निर्देशन
-
विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?