बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छोरा तैमुरसँग टहल्न निस्किइन् करिना, चाँडै हुँदैछिन् सुत्केरी

शुक्रबार, ०७ फागुन २०७७, १६ : २०
शुक्रबार, ०७ फागुन २०७७

बलिउड नायिका करिना कपुर खान आफ्नो गर्भावस्थाको अन्तिम चरणमा छिन् । यस्तोमा नायिकाले आफ्नो ख्याल राख्नुका साथै हिँड्ने, डुल्ने काम पनि गरिरहेकी छिन् । शुक्रबार करिना कपुरलाई मुम्बईको बान्द्रामा देखियो ।

यहाँ करिना कपुर आफ्ना छोरा तैमुर अली खान र कर्मचारीसँग देखिइन् । करिनाले यो मौकामा खैरो रङको पोल्का डट ड्रेस लगाएकी थिइन् । यस्तै छोरा तैमुर निलो रङको पाइन्ट र टिसर्टमा देखिएका थिए ।

करिना कपुर खानमाथि आइतबारदेखि नै मिडियाको नजर टिकेको थियो । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार करिना फेब्रुअरी १५ मा आफ्नो बच्चालाई जन्म दिने तयारीमा छिन् ।

करिना कपुर खानले दोस्रो सन्तानको जन्म अघि नै विभिन्न उपहार पाउन सुरु गरिसकेकी छिन् । उनले हालै यससँग सम्बन्धित फोटो पनि सोसल मिडियामा सेयर गरेकी थिइन् । फूलदेखि बच्चाका लागि सुन्दर खेलौनासम्म करिनालाई धेरै कुरा उपहारमा दिइसकिएको छ ।

करिना खानले हालै आफ्नो अन्तरवार्तामा आफू दोस्रो सन्तानको आगमनका लागि पूर्ण रुपमा तयार भएको बताएकी थिइन् । उनले आफू पहिलेको जस्तो नडराएको र निकै खुसी भएको बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप