प्रतिनिधिसभा विघटनबारे पार्टीमा कुनै भिन्न मत छैनः प्रदीप पौडेल

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिनिधि सभा विघटनका बारेमा पार्टीमा कुनै पनि प्रकारको भिन्न मत नभएको बताएका छन् । नुवाकोट काँग्रेसको नवनिर्मित भवन उद्घघाटन समारोहमा उनले प्रतिनिधि सभा विघटनका बारेमा काँग्रेसमा फरक–फरक मत नरहेको बताएका हुन् । ‘पदाधिकारी बैठकले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको थियो ।
केन्द्रीय कार्यसमिति बैठकले पनि पदाधिकारी बैठककै निष्कर्षलाई पारित गरेको छ’ नेता पौडेलले भने, ‘बहुमतले होइन । सर्वसम्मत निर्णय गरेको हो । संसद् विघटनका बारेमा कांग्रेसमा फरक–फरक मत छैन ।’ उनले काँग्रेस संविधानवादमा विश्वास राख्ने पार्टी भएको प्रष्टिकरण दिँदै प्रतिनिधि सभा विघटनका विषयमा काँग्रेस कतै पनि नअल्झिएको जिकिर गरे ।
नेता पौडेलले काँग्रेसले सर्वोच्च अदालततको स्वतन्त्रता र निष्पक्षतालाई कायम गर्ने काम गरेको भन्दै अदालतलाई काँग्रेसको मान्यता सुरक्षित गरिदिन पनि आग्रह गरे । ‘म सम्माननीय अदालतका न्यायाधीशज्यूहरुलाई भन्न चाहन्छु शक्ति पृथकीकरणको सिद्धान्तलाई काँग्रेसले मान्दछ । अदालतको स्वतन्त्रता र निष्पक्षतालाई कायम गर्ने काम काँग्रेसले गरेको हो । त्यसैले काँग्रेसको मात्यतालाई तपाईंले सुरक्षित गर्दिनुस्’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चौकीमा पाकिस्तानले गोलाबारी गरेको आरोप
-
‘भारतबाट एक थोपा पानी पनि पाकिस्तान जानु हुँदैन’
-
आन्दोलनमा सहभागी शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते
-
तस्बिरमा हेर्नुहोस् कास्कीको पर्यटकीय गाउँ घान्द्रुक
-
सुदीपको न्यायको लागि आज पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरिँदै
-
भारत भ्रमणको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार, सर्वदलीय बैठक माओवादीको बहिष्कार