शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा तालिवानी समूहको आक्रमणमा ५ सैनिकको हत्या

शुक्रबार, ०७ फागुन २०७७, १५ : १४
शुक्रबार, ०७ फागुन २०७७

इस्लामावाद । पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लाको सुरक्षा जाँच चौकीमा भएको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ ।  सुरक्षा अधिकारीहरुका अनुसार दक्षिणी वजिरिस्तानको जवार पोस्टमा बिहीबार राति आक्रमण भएको र त्यसबाट पाँच सैनिकको मृत्यु हुनुका साथै अर्का एक सैनिक गम्भीर घाइते भएका छन् । 

सेनाले उक्त इलाकामा थप सैनिक परिचालन गरी आक्रमणकारीको खोजी कार्यलाई तिब्र बनाएको जनाएको छ । उक्त आक्रमणको जिम्मेवारी पाकिस्तानी तेहरिक–ए–तालिबानीले लिएको छ । अफगानिस्तानसँग सीमा जोडिएको दक्षिणी वजिरिस्तान हतियारधारी विद्रोहीहरुको गढका रुपमा चिनिन्छ । तर सरकारले व्यापक सैनिक परिचालन गरी त्यस क्षेत्रमा सक्रिय विद्रोहीलाई निस्तेज बनाउँदै लगेको छ । 

तैपनि, विद्रोहीहरुले बेलाबखत उक्त क्षेत्रमा तैनाथ सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गर्ने गरेका छन् । यसै महिनाको शुरुमा पनि दक्षिणी वजिरिस्तानमा सुरक्षाफौज र लडाकूबीच गोली हानाहान भएको थियो । उक्त घटनामा चार जना विद्रोही र चार जना सैनिकको ज्यान गएको थियो । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप