शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रजातन्त्र दिवसको अवसरमा तरुण दलद्वारा स्वास्थ्य सामग्री सहयोग

शुक्रबार, ०७ फागुन २०७७, १३ : २३
शुक्रबार, ०७ फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । तरुण दलले शुक्रबार बिहान एक कार्यक्रमका बीच लगनखेलस्थित प्रतिष्ठानलाई २५ सय थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड प्रदान गरेको हो ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) का रजिस्ट्रार प्रोफेसर डा.पारस आचार्यलाई २५ सय थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड प्रदाद गरिएको जानकारी दिए ।

जनताको स्वास्थ्य रक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप