शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीन खानका कारण बर्बाद भएको थियो यी मिस इन्डियाको करियर, बी ग्रेड फिल्ममा पनि गरिन् काम

शुक्रबार, ०७ फागुन २०७७, १३ : २२
शुक्रबार, ०७ फागुन २०७७

सन् १९८५ मा मिस इन्डियाको उपाधि जितेकी सानू वालिया आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । सोनूको जन्म १९ फेब्रुअरी सन् १९६४ मा दिल्लीमा पञ्जाबी परिवारमा भएको थियो । आज उनको जन्मदिनको मौकामा हामी तपाईंलाई उनको जीवनका केही किस्साबारे जानकारी दिँदैछौं ।

सोनूले फिल्म खून भरी मांगबाट बलिउडमा डेब्यू गरेकी थिइन् । सोनू त्यो समयमा बोल्ड नायिकाको सूचीमा समावेश थिइन् । सन् १९८८ मा रिलिज भएको फिल्म आकर्षणमा सोनू वालियाले निकै बोल्ड सीन दिइन् ।

सोनूले आफ्नो पढाई पूरा गरेपछि मोडलिङको बाटो रोजिन् । जुन सही निर्णय साबित भयो किनभने यहाँ उनले चाँडै नै सफलता पाउन पनि सुरु गरिन् । मोडलिङमा सफल करियर बनाएपछि उनले मिस इन्डिया प्रतिस्पर्धामा भाग लिइन् र सन् १९८५ मा मिस इन्डियाको ताज आफ्नो पोल्टोमा पार्न सफल भइन् ।

मिस इन्डियाको उपाधि जितेपछि सोनू वालियाका लागि बलिउडको बाटो पनि खुल्यो । सोनू वालियाले सन् १९८८ मा रिलिज भएको फिल्म ‘खून भरी मांग’ मा काम गरिन् । यो फिल्ममा रेखाले मुख्य भूमिका अपनाएकी थिइन् तर सोनूलाई पनि यो फिल्मले पहिचान दिलायो र उनलाई बेस्ट सपोर्टिङ नायिकाको फिल्मफेयर अवार्ड पनि प्रदान गरियो ।

सन् १९८८ मा रिलिज भएको फिल्म आकर्षणमा सोनू वालियाले निकै बोल्ड सीन दिइन् । झरनाको किनारामा जब उनीमाथि एउटा हट सीन छायांकन गरियो तब तहल्का मच्चियो । त्यो समयमा पर्दामा बोल्ड सीन गर्न सहज थिएन । सोनूले एक अन्तरवार्तामा आफ्नो हाइटका कराण फिल्ममा काम पाउन मुश्किल भएको उनले बताइन् । बलिउडबाट बाहिरिनुपरेको दोष उनले तीन खानलाई दिएकी थिइन् । उनका अनुसार यी तीन खानका कारण उनले काम नै पाउँदिनथिन् । सोनूको उचाई पाँच फिट ८ इन्च थियो । यो तीनजना खानको उचाईभन्दा निकै धेरै थियो ।

सोनू वालियाले दिल आशना है, खेल, स्वर्ग जैसा घर, आरक्षण, अपना देश पराए लोग, तूफान र तहल्का जस्ता फिल्ममा काम गरिन् तर फिल्ममा उनले खासै सफलता भने पाइनन् तत्पश्चात् उनले बी ग्रेड फिल्ममा काम गर्न सुरु गरिन् ।

पछि उनले यो क्षेत्रलाई पूर्ण रुपमा छोडेर विवाह गर्ने सोच बनाइन् । उनले एनआरआई सूर्य प्रकाशसँग विवाह गरेर घर बसाइन् । सूर्य प्रकाशको निधनपछि उनले दोस्रो विवाह एनआरआई फिल्म निर्माता प्रताप सिंहसँग गरिन् । अब उनी अमेरिकामा बस्छिन् र उनकी एक छोरी पनि छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप