संवैधानिक इजलासमा गीता पाठकले सुनाइन् नारायण गोपालको यो गीत...

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम बहस जारी छ । बहसका क्रममा एमिकस क्युरीका तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय पेश गरिरहेकी छन् । आफ्नो राय पेश गर्दै संग्रौलाले वर्तमान संविधान बिरामी पनि नरहेको र कोमामा पनि नगएको दलिल पेश गरेकी छन् ।
इजलासमा आफ्नो राय पेश गर्ने क्रममा संग्रौलाले संविधानको धारा अक्सिजन भएको पनि बताइन् । ‘संविधान बिरामी पनि छैन । कोमामा पनि गएको छैन । हामी त्यही संविधानको धारा बोकेर यहाँ आएका छौ’, संग्रौलाले यसअघि रिट निवेदकका तर्फबाट बहस गर्ने अधिवक्ताहरुले भनेजस्तो संविधान बिरामी नभएको तर्क पेश गरिन् । उनले बहसका क्रममा सायरीहरु समेत सुनिने गरेको भन्दै बरु यो मुद्दासँग सुहाउँदो स्वर सम्राट नारायण गोपालको गीत सुहाउने भन्दै उक्त गीतको केही हरफ इजलासमै सुनाइन् ।
तिमीले भनेका, सारा देव छोएर ।...२
म.‘किरिया खान, कहाँ सक्छु र ।
यदि मान्छौ भने म, तिम्रै देव भनेर ,
म त खाइदिन्छु कसम, आफैलाई भाकेर ।
तिमीले भनेका, सारा देव छोएर...
‘यहाँ धेरै शायरी आए, तर खासमा यहाँ सुहाउने त स्वर सम्राट नारायण गोपालको यो गीत नै सुहाउँछ’ संग्रौलाको भनाई छ ।
तिमीले भनेका, सारा देव छोएर।...२
म.‘किरिया खान, कहाँ सक्छु र।
यदि मान्छौ भने म, तिम्रै देव भनेर ,
म त खाइदिन्छु कसम, आफैलाई भाकेर।
तिमीले भनेका, सारा देव छोएर।
तारालाई साछी राखेर, बाचा नै कहिले खाएथे।
पानीमा औला चोपेर, सन्धी नै कहिले गरेथे।
अनि बाध्यताको के कुरा, पाप धर्मको के कुरा।
विश्वास गर, भन्छौ भने, अविस्वास नै कहिले गरेथे।
तिमीले भनेका, सारा देव छोएर।
रातभर तिमी रोइदिंदा, रोएथे म केहि बेर।
केहि बेर तिमी हाँसीदिंदा, हाँसेथें म धेरै बेर।
अनि पौरुषताको के कुरा, चौडा छातीको के कुरा।
सुखमा हाँस भन्छौ भने, दुखमा कहिले रोएथे।
तिमीले भनेका, सारा देव छोएर।
म ‘.किरिया खान, कहाँ सक्छु र।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता
-
गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनी एक करोड ८४ लाख
-
जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै