
अमेरिकी रोवरले पठायो मङ्गल ग्रहबाट पहिलो तस्विर

शुक्रवार राति नेपाली समय अनुसार २ बजेर ४० मिनेटमा मङ्गल ग्रहमा अवतरण गरेको रोवर मार्स पर्सिवरेन्सले काम शुरू गरेको छ। यस क्रममा रोवरले मङ्गल ग्रहको तस्विर खिचेर पृथ्वीस्थित नासाको नियन्त्रण कक्षलाई पठाएको छ। तस्विर प्राप्त हुनसाथ नासाले मङ्गलबाट आएको तस्विर सार्वजनिक गरेको छ। नासाले आफ्नो आधिकारिक ट्विटर ह्याण्डालबाट यो तस्वीर सार्वजनिक गरेको हो ।
यो अमेरिकन रोवर सात महिने यात्रापछि फेब्रुअरी १९ को राति मङ्गल ग्रहमा अवतरण गरेको थियो। नासाको यस रोवर पर्सिवरेन्सले मङ्गल अवतरणका क्रममा पनि तस्वीर खिचेर पठाएको थियो। ल्याण्ड गरेकोकेही समय पछि यसले पुनः मंगलग्रह को तस्विर खिचेर पृथ्वीमा पठाएको हो ।
भारतीय प्रधान मंत्री नरेंद्र मोदीले नासाका कार्यकारी प्रमुख स्टीव जुरसिएकलाई सफल अवतरणमा बधाइ दिएका छन। बधाइ सन्देशमा मोदीले लेखेका छन्, ‘यो अद्भुत हो। कोरोना महामारीले अमेरिकी मङ्गल अभियान र अवतरण गर्ने कार्यलाई झनै चुनौतीपूर्ण बनाइदिएको थियो। अमेरिकाको यो सफलता र रोवर पर्सिवरेन्सले भविष्यका मङ्गल अभियान हेतु स्काउट कै काम गर्नेछ।’
नासाको यस रोवरले मङगलमा विगतमा जीवन भए नभएको खोजी गर्नेछ। यसले त्यहाँको ढुङ्गा, बालुवा, माटोमा माइक्रोब्याक्टेरियल जीवाश्मको खोजी गर्नेछ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ