उपचारारत बलात्कृत बालिकालाई सहयोग प्रदान
शुक्रबार, ०७ फागुन २०७७, १२ : ०८
काठमाडौँ । महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालको बालरोग कक्षमा उपचारारत बलात्कृत बालिकाको उपचारका लागि सहयोग रकम प्रदान गरिएको छ ।
गत माघ १ गते रुपन्देहीको तिलोत्तमा–१५ की ५ वर्षीया बालिका बलात्कृत भएकी बालिकाको समाचार 'रातोपाटी अनलाइन डट कम'मा प्रकाशित भएपछि नर्वेमा बस्दै आएकी सरला कट्टेलको पहलमा नेपाली ३६ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो ।
पारिवारिक अवस्था कमजोर भएकाले उनको उपचारका लागि सहयोग गर्न अनुरोध गरिएको थियो ।
करिब एक महिनाभन्दा बढी उपचारपछि बालिकाको अवस्था सामान्य बन्दै गएको पीडित बालिकाका पिताले बताए ।
प्रहरीले उनीमाथि बलात्कार गरेको आरोपमा २८ बर्षिय होमबहादुर बिकलाई पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी खर्च मितव्ययी बनाउन सरकारले जारी गर्यो नयाँ मापदण्ड
-
सुनचाँदी पसलमा लुटपाटको योजना बनाएको आरोपमा चार जना पक्राउ
-
हातमा हतकडी र खुट्टामा सिक्री, यसरी गरिएको थियो अमेरिकाबाट भारतीयहरूलाई निर्वासित
-
गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
-
राइस कुकर बनाउने बहानामा ‘हनी ट्रयाप’, युवती पक्राउ
-
दिल्ली विधानसभा चुनाव : १२ वर्षमा सबैभन्दा कम मतदान