बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्यालयमै बालिकामाथि यौन दुर्व्यवहार, आरोपित शिक्षक पक्राउ

शुक्रबार, ०७ फागुन २०७७, १२ : ०५
शुक्रबार, ०७ फागुन २०७७

कञ्चनपुर । १४ वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका–६ विद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङ्गानाले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले शिक्षक ढुङ्गानालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप