शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा पहिलो पटक महिलालाई फाँसी दिन लागेका पवन जल्लाद यसो भन्छन्

शुक्रबार, ०७ फागुन २०७७, ११ : ४१
शुक्रबार, ०७ फागुन २०७७

उत्तर प्रदेशको अमरोहा जिल्लको बावनखेडी गाउँमा १५ अप्रिल २००८ मा भएको सात हत्याकी दोषी शबनम नामकी महिलालाई फाँसी दिइनेछ । सर्वोच्च अदालतपछि राष्ट्रपति भवनबाट पनि उनको दया याचिका खारेज भइसकेको छ । शबनमलाई फाँसी दिनका लागि मेरठका पवन जल्लाद तयार छन् । पवनका अनुसार उनी फाँसी दिन एकदम तयार भएको र आफू मिति र बोलावटको प्रतिक्षामा छन् ।

वास्तवमा शबनमले आफ्ना प्रेमीसँग मिलेर आफ्नै परिवारका सातजना सदस्यको हत्या गरेकी थिइन् । अंग्रेजी र भूगोल विषयमा एमए अध्ययन गरेकी शबनमले आफ्ना आमाबुवा, भाइ बहिनीसमेत सातजनाको निकै क्रुरतापूर्वक हत्या गरेकी थिइन् । शबनमका आमाबुवा प्रेमीसँग उनको विवाह गरिदिन तयार थिएनन् । यत्ति कारण थियो कि शबनम र उनका प्रेमीले यस्तो भयानक घटना निम्त्याउने निर्णय गरे ।

यो हत्याकाण्डमा दोषी शबनमलाई मृत्युदण्ड दिने बाटो खुल्ला भइसकेको छ । राष्ट्रपतिले पनि याचिका खारेज गरिसकेका छन् र उनको फाँसीको आदेश जुनसुकै बेला पनि जारी हुनसक्छ । पवनले मथुरा जेलमा फाँसी घरको निरिक्षण गरिसकेका छन् । पवनले नै निर्भया काण्डका दोषीलाई फाँसी दिएर रेकर्ड बनाएका थिए ।

पवन जल्लादले एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा भनेका छन्, ‘म पूर्ण रुपमा तयार छु । यदि मलाई बोलाइन्छ भने म बिल्कुल तयार छु । म एक वर्ष अघि मथुरास्थित फाँसी घर हेर्न गएको थिएँ । त्यसमा थोरै खराबी थियो, त्यो बनाउन पनि भनेको थिएँ । मलाई थाहा भए अनुसार भारतमा पहिलो पटक कुनै महिलालाई फाँसी दिइँदैछ ।’


के हो शबनमको पूरा घटनाः

यो घटना सन् २००८ को हो । उत्तर प्रदेशको अमरोहामा बावनखेडी गाउँमा शिक्षक शौकत अली श्रीमती हाशमी, छोरा अनिस राशिद, बुहारी अंजुम र एक्ली छोरी शबनमसँग बसिरहेका थिए । पिताले एक्ली छोरीलाई निकै प्रेमपूर्ण तरिकाले हुर्काएका थिए र उनलाई उत्कृष्ट शिक्षा दिए जसका कारण शबनमको शिक्षामित्रमा पनि जागिर भइसकेको थियो ।

यति नै बेला शबनमको प्रेम गाउँकै ८ कक्षा पढेका सलिमसँग प्रेम बस्यो र दुबै विवाह गर्न चाहन्थे । तर यी दुई भिन्न मुस्लिम भएका कारण दुबैको विवाहका लागि शबनमका घरका सदस्य तयार थिएनन् ।

परिवारको मर्जी बिना शबनमले त्यसपछि प्रेमीलाई घरमा नै बोलाउन थालिन्, छोरीको यस्तो व्यवहारमाथि परिवारको विरोध थियो । प्रेमीलाई भेट्न कोही बाधन नबनोस्, त्यसैले शबनमले घरका सदस्यलाई गोप्य रुपमा निद्राको औषधी खुवाउन थालिन् । १४ अप्रिल २००८ को राती पनि शबनमले आफ्ना प्रेमीलाई भेट्नका लागि परिवारका सदस्यलाई निद्राको औषधी खुवाएकी थिइन् ।

त्यति नै बेला विवाहका बाधा पुर्याइरहेका परिवारबारे शबनमले प्रेमी सलिमसँग कुरा गरिन् र उनीहरु दुबैले आफ्नो पूरा परिवारलाई नै बाटोबाट हटाउने षड्यन्त्र रच्न थाले । निद्राको औषधीका कारण लठ्ठ परेर सुतिरहेका आफ्ना परिवारका सदस्य बुवा शौकत, आमा हाशमी, दाइ अनिश, भाउजु अंजुम, फूपूकी छोरी राबियासमेत ७ जनालाई एकएक गरी बञ्चरोले हिर्काएर हत्या गरे ।

घटना घटित गराएर सलिम त्यहाँबाट राती नै फरार भए, शबनम भने घरमा नै बसिन् र बिहान रोएको नाटक गर्दै केही बदमास आएर उनको पूरा परिवारको हत्या गरिदिएको बताइन् । मानिसहरुको उनको घरमा पुग्दा दुई तले घरका तीन कोठा रगताम्मे थियो र शव बेडमा छरिएका थिए ।

मोबाइल कल रेकर्डले शबनमको पोल खोलिदियो र जब कडा रुपमा सोधपुछ भयो तब उनले आफ्नो कुकृत्यबारे खुलासा गरिन् । स्मरण रहोस्, ट्रायलका बेला जेलमा नै शबनमले सलिमको बच्चालाई जन्म दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप