बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले लोकतन्त्रको बाटो बिराउँदैन : प्रधानमन्त्री ओली

शुक्रबार, ०७ फागुन २०७७, ११ : १३
शुक्रबार, ०७ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले लोकतन्त्रको बाटो कुनै हालतमा नबिराउने बताएका छन् ।

शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लोकतन्त्रको बाटो नबिराउने र संविधान पनि नमिच्ने बताएका हुन् ।  

‘सरकार लोकतन्त्रको बाटो बिराउँदैन, संविधान मिचिँदैन । जनताको अभिमत भन्दा विपरित जाँदैन र जान पनि दिँदैन’, प्रधानमन्त्रीले भने, ‘भ्रष्टाचार गर्दैन र गर्न दिँदैन । सुशासन कायम गरेर छोड्छ ।’

प्रधानमन्त्री ओलीले ७० बर्ष अघि आजकै दिन मुलुक अँध्यारो सुरुङबाट उज्यालोतर्फ लागेको ऐतिहासिक दिन भन्दै यस दिनलाई युगान्तकारी र गौरवपूर्ण दिनका रुपमा स्मरण गरे । उनले नेपाली जनताको विकास, सुशासन र सुखी जीवनको चाहना प्राप्तीका लागि सक्रियताका कारण फागुन ७ लाई हरेक वर्ष प्रजातन्त्र दिवसका रुपमा सगौरव मनाइँदै आएको बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रका मूल्य र मान्यताबाट कोही भाग्न नसक्ने भन्दै राजनीतिक धारमा आउन बाँकी रहेकाहरुलाई मूल धारमा आउन आग्रह गरे ।  

प्रधानमन्त्री ओलीले देशलाई अस्थिरताबाट जोगाउने र विधिसम्मत अघि बढ्ने बाटो निर्वाचन भएकाले सरकारले तोकेकै मितिमा निर्वाचन हुने भएकाले त्यसतर्फ लाग्न सबैलाई आग्रह गरे ।

लोकतन्त्रलाई बिना व्यावधान र बिना विकृति अगाडि बढाउनका लागि लोकतन्त्रभित्रैबाट अस्वस्थता र अस्थिरताका प्रयासहरु हुन नपाउँने भन्दै प्रधानमन्त्रीले लोकतन्त्र जनताको आकांक्षा र अभिमतबाट सञ्चालित हुन सक्नुपर्ने बताए । ‘अस्थिरता लोकतान्त्रिक प्रणालीभित्रैबाट अस्थिरता खोज्नेहरुलाई निस्तेज गर्न र कुबाटोमा लोकतन्त्रलाई धकेल्नबाट नयाँ निर्वाचन घोषणा गरिएको छ । लोकतन्त्रलाई अलमलमा पार्ने कुनै काम हुन सक्दैन’, प्रधानमन्त्रीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप