शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशलाई वारेस राख्न अनुमति

शुक्रबार, ०७ फागुन २०७७, १० : ४८
शुक्रबार, ०७ फागुन २०७७

सर्वोच्च अदालतले चार पूर्व प्रधानन्यायाधीशलाई अवहेलनासम्बन्धी मुद्दामा वारेस राख्न अनुमति दिएको छ ।

गत माघ १४ गते लोचन भट्टराई र धनजीत बस्नेतसमेतले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए ।

सोही मुद्दाका सन्दर्भमा चार पूर्वप्रधानन्यायाधीशले वारेस राख्न अनुमति पाउँ भनेर इजलाससमक्ष निवेदन दिएका थिए । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले उनीहरुको मागअनुसार वारेस राख्न अनुमति दिने आदेश जारी गरेको हो ।

यसअघि उनीहरुले अदालतको आदेश अनुसार आफै उपस्थित भएर लिखित जवाफ पेस गरेका थिए ।

प्रतिनिधिसभा विघटनपछिको राजनीतिक घटनाक्रमबारे चार पूर्वप्रधानन्यायाधीशले जारी गरेको संयुक्त विज्ञप्तिबाट न्यायालयको अवहेलना भएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप