शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सहरी विकास मन्त्री साहले गरे दुईवटा सडकको उद्घाटन

बिहीबार, ०६ फागुन २०७७, २२ : ५८
बिहीबार, ०६ फागुन २०७७

रौतहट । सहरी विकास मन्त्री प्रभु साहले गृहजिल्ला रौतहटमा एकै दिन दुुईवटा सडकको उदघाटन गरेका छन् । मन्त्री साहले जिल्लाको गुुजरा नगरपालिकास्थित बाल्चनपुर जंगलसहिया र खतवहिया परसवा पक्की सडकको उदघाटन गरेका हुन् । सोही मन्त्रालयबाट स्वीकृत योजनाअनुसार बाल्चनपुर जंगलसहीया र खतवहिया परसवा पक्की सडक निर्माण हुन लागेको हो ।

रमन सगरमाथा जेभीद्वारा १६ करोड बढीको लागतमा बाल्चनपुर जंगलसहीयाको १० किलोमिटर र ९ करोड बढीको लागतमा खतवहिया परसवामा ७ किलोमिटर कालोपत्रे भएको सघन सहरी तथा भवन डिभिजन कार्यालय वीरगञ्जका प्रमुख रन्जन दासले जानकारी दिएका छन् ।

त्यसैगरी मन्त्री साहले  बाल्चनपुर जंगलसैया सडकखण्ड अन्तरगत गुजरा नदीको पुलको पनि शिलान्यास गरेका छन् । उक्त पुलको कुल लागत ६ करोड, ८५ लाख ४३ हजार रहेको छ । पुल निर्माणको ठेक्का सगुन राजदेवी जेभीले लिएको डिविजन सडक कार्यालय चन्द्रपुरका प्रमुख विनोदकुमार मौवारले जानकारी दिए । सडक उद्घाटन कार्यक्रममा मन्त्री साहले कुनै पनि हालतमा  अगामी बैशाख १७ र २७ गत निर्वाचन हुने उदघोष गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप