आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चलचित्र पत्रकारका लागि तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु

बिहीबार, ०६ फागुन २०७७, २१ : २७
बिहीबार, ०६ फागुन २०७७

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपाल बिहिबारबाट राजधानीमा तीन दिने (६, ७ र ८) फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु गरेको छ । चलचित्र विकास बोर्डमा आयोजित कार्यसालमा उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसँगै विशिष्ठ अतिथिमा वरिष्ठ पत्रकार तथा सिनेमाकर्मी दिनेश डिसी र अतिथिमा कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नृत्यकार संघका अध्यक्ष जनक कार्की, द्धन्द्व निर्देशक संघका अध्यक्ष नारायण प्रधानको सहभागिता रहेको थियो ।  
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले तीन दिने कार्यशालाले पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउदै कार्यशालाबाट लगनशिलता र अनुशासन सिक्न उनले पत्रकारहरुलाई आग्रह गरे ।
राजनीतिक पत्रकारिता गर्नेहरुले चलचित्र पत्रकारितालाई कुनामा राख्ने गरेको प्रति असन्तुष्टि पोखेका अध्यक्ष दाहालले चलचित्र पत्रकारिता राजनीतिक पत्रकारिता भन्दा अगाडि आउने गरेर काम गर्न सुझाए ।
चलचित्र पत्रकार संघका अध्यक्ष सिटौलाले कोरोना महामारीको समयमा चलचित्र पत्रकारहरुले पत्रकारितालाई जारी राखेकोमा आभार व्यक्त गरे । नयाँ कार्यसमिति आएपछि व्यवसायिक चलचित्र पत्रकारितालाई प्रभावकारी बनाउन थुप्रै योजना बनाए पनि कोरोनाले सम्भव हुन नदिएको बताएका उनले चाँडैनै संघले विभिन्न कार्यक्रमहरु लिएर जानकारी दिए ।


कार्यशालामा हरी न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दीलिप थापा मगर, श्याम श्रेष्ठ र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिनेछन् ।
फोटोग्राफी र भिडियोग्राफीमा रुची भएका चलचित्र पत्रकारहरुका लागि कार्यशाला लाभदायक हुने बिश्वास  चलचित्र पत्रकार संघको रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप