यस्तो देखियो प्रचण्ड–माधव पक्षको टुँडिखेलमा मानव साङ्लो (तस्बिरमा हेर्नुस् )
बिहीबार, ०६ फागुन २०७७, १७ : ४०
प्रतिनिधिसभा विघटन, महँगी र भ्रष्टाचार विरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत नेकपा प्रचण्ड–माधव पक्षले मानव साङ्लो बनाएर काठमाडौको टुँडिखेल घेराउ गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको विपक्ष तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा मानव साङ्लो बनाएर विरोध गरेको हो । मानव साङलोका लागि केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी थिए ।
मानव साङ्लोमा सहभागीहरुले ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर, प्रतिगमन रोक्छौ रोक्छौ,बढ्दो महंगी नियन्त्रण गर, ओली जहाँ भ्रष्टाचार त्यहाँ’ जस्ता नारा लेखिएका पम्प्लेटहरु शरीरमा टाँसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा