प्रदेश २ सरकारद्वारा दलित विकास समिति गठन
बिहीबार, ०६ फागुन २०७७, १६ : ४३

काठमाडौं । प्रदेश २ सरकारले दलित विकास समिति गठन गरेको छ । प्रदेश २ मन्त्रिपरिषद्को बैठकले प्रदेश दलित सशक्तिकरण ऐनको प्रयोग गरी सो समिति गठन गरेको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी गराए ।
समितिको उपाध्यक्षमा रामप्रवेश वैठा तथा सदस्यहरुमा सिराहाकी सेवकी देवी दास, सप्तरीका श्यामसुन्दर सरदार, रौतहटका राजकुमार दास तत्मा, सिरहाकी सुनिता मरिक रहेका छन् । प्रदेश २ मा झण्डै १८ प्रतिशत जनसंख्या रहेको दलित समुदायसँग हुने विभेदलाई सम्बोधन गर्न प्रदेशस्तरीय संयन्त्र निर्माण भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तामा कम्युनिस्टको हालीमुहाली : १० वटा सरकारको नेतृत्व, ८ वटामा मुख्य साझेदार
-
ईडीले किन बोलायो दक्षिण भारतीय स्टार महेश बाबुलाई ?
-
माओवादी लुकिङ लण्डन, टकिङ टोकियो : घनश्याम भुसाल
-
९ महिनामा नेपालीले ५८ करोड रुपैयाँको कुर्कुरे खाए
-
आफ्नो विवादास्पद टिप्पणीमा अनुराग कश्यपले मागे माफी
-
भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी