भक्तपुरमा करिब ३७ सय जनाले लगाए कोरोना विरुद्धको खोप

भक्तपुर । भक्तपुरमा करिब ३ हजार ७ सय जना मानिसले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय भक्तपुरले दिएको जानकारीअनुसार पहिलो र दोस्रो चरणमा गरेर ३ हजार ६ सय ३८ जनाले खोप लगाएका हुन् ।
सरकारले तोकेको मापदण्डभित्र परेकाहरुले जिल्लाका भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगर अस्पताल थिमिबाट खोप लगाएका कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले बताए । जसमा स्वास्थ्यकर्मी, सुरक्षा निकाय, निजामति कर्मचारी, जनप्रतिनिधी, पत्रकारलगायत रहेका छन् ।
भक्तपुरमा हालसम्म ९ हजार ५ सय ५२ जना कोरोनाबाट संक्रमित भएका छन् । १ सय २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ९ हजार ३ सय ८३ जना संक्रमण मुक्त भएका छन् । अहिले ४२ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय प्रमुख मिजारले बताए ।
क्षयरोगबाट २ जनाको मृत्यु
जिल्लामा साउनयता क्षयरोगको कारणले २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिएका छन् । सोही अवधिमा १ सय २३ जना क्षयरोगी समेत थपिएका छन् । भक्तपुर नगरपालिकामा सबैभन्दा धेरै क्षयरोगी ३८ जना भेटिएका हुन् । भक्तपुरमा गत आर्थिक वर्षमा विभिन्न प्रकारका क्षयरोगीको संख्या ४ सय ३३ जना रहेको थियो । जसमा १५ वर्षदेखि ३४ वर्ष उमेर समूहका महिला रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास
-
जीवनराम श्रेष्ठको नेतृत्वलाई आइओसीले दियो मान्यता
-
रवीन्द्र मिश्र र धवल शमशेरको रिहाइको लागि राजनीतिक र कानुनी लडाई जारी राख्ने राप्रपाको निर्णय
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन