शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय किसानहरु ‘रेल रोकौं’ आन्दोलनमा, कयौं राज्यमा रेल सेवा प्रभावित

बिहीबार, ०६ फागुन २०७७, १५ : ३३
बिहीबार, ०६ फागुन २०७७

नयाँ दिल्ली । झण्डै तीन महिनादेखि आन्दोलनरत भारतीय किसानले बिहीबार देशका विभिन्न भागमा रेल सेवा अवरुद्ध तुल्याएका छन् ।
‘रेल रोकौं’ भन्ने नाराका साथ उनीहरु रेलको लिकमा धर्नामा बसेका हुन् ।

पञ्जाब, हरियाणा, उत्तर प्रदेश राज्यका विभिन्न स्थानमा किसानहरुले रेलको लिकमै धर्ना दिएका छन् । कृषि कानुन रद्द गर्न माग गर्दै आएका उनीहरुले आन्दोलनकै क्रममा रेल सेवा अवरुद्ध तुल्याएका हुन् ।
संयुक्त किसान मोर्चाको अगुवाईमा भइरहेको आन्दोलनमा भारतका हजारौं किसान सहभागी छन् ।

बिहीबार मध्याह्न १२ बजेदेखि किसानहरु विभिन्न स्थानमा रेलवेको लिकमा जम्मा भएर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले अपराह्न ४ बजेसम्म रेल रोकौं अभियानलाई जारी राख्ने जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार रेल सेवा अवरुद्ध हुँदा यात्रीलाई धेरै ठुलो समस्या नहोस् भनेर किसानहरुले पानी, दूध लगायतको प्रवन्ध गरेको बताइन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप