शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जो बाइडेनले चिनियाँ राष्ट्रपतिको तारिफ गर्दा भड्किइन् कंगना रनौतः भनिन्, ‘एक आज्ञाकारी घरपालुवा जनावर पुच्छर हल्लाइरहेको छ’

बिहीबार, ०६ फागुन २०७७, १५ : २५
बिहीबार, ०६ फागुन २०७७

बलिउड नायिका रनोटले अब अमेरिकीका राष्ट्रपति जो बाइडेनमाथि निशाना साँधेकी छिन् । उनले बाइडेनलाई ‘पप्पू प्रो’ भनेकी छिन् । वास्तवमा हालै बाइडेनले चीनको विषयमा एउटा बयान दिएका थिए । आफ्नो यो बयानमा उनले चीनका राष्ट्रपति शी जिनपिङको तारिफ पनि गरेका थिए । यही बयानले कंगनालाई रिस उठाएको छ । उनले सोसल मिडियामा थुप्रै पोस्ट सेयर गरेर बाइडेनलाई तथानाम भनेकी छिन् ।

यूनाइटेड स्टेट्सका राष्ट्रपति हुन् वा चीनका कोही राजदूत हुन् ?

कंगनाले पोस्ट सेयर गर्दै लेखिन्, ‘हेर्नुहोस्, बाइडेन कसरी चीनका एक आज्ञाकारी घरपालुवा जनावर बनेर उसको अगाडि पुच्छर हल्लाइरहेका छन्, विनम्रता देखाइरहेका छन् । उनी यूनाइटेड स्टेट्सका राष्ट्रपति हुन् वा चीनका कोही राजदूत ? अमेरिकी नागरिक तिमीहरुलाई लाज लाग्नुपर्ने हो किनभने आज चीन दुनियाँको सबैभन्दा ठूलो शक्ति बनेको छ । तिमीहरुले नै उसलाई थालीमा सजाएर त्यो शीर्ष स्थान दिएका हौ जसको उनीहरु भोको थिए ।’

मानिसहरु पप्पूलाई किन मन पराउँछन्, यो मैले बुझ्न सकेको छैनः

नायिकाले अर्को एउटा पोस्टमा लेखिन्, ‘हामीसँग यहाँ एउटा निकै बलियो नेतृत्व छ । यदि कसैलाई मलाई अमेरिकी राजनीतिमा रुची छ भन्ने लागिरहेको छ भने यस्तो होइन । यसले हामीलाई प्रभावित गर्दैन । मलाई सबैभन्दा मज्जा यो लागिरहेको छ कि संसार उदारवादी नेताले भरिएको छ । मानिसहरु पप्पूलाई किन मन पराउँछन्, यो कुरा मैले बुझ्न सकेको छैन ।’

अमेरिकाका भ्रमित युवाले आफ्नो राष्ट्र चीनलाई बेचिदिएः

कंगनाले भनिन्, ‘एक नेता निडर, दमदार र तेज आवाजको हुनुपर्छ । विशेषगरी भारतजस्तो सभ्यताका लागि जसले इतिहासमा धेरै कुरा झेलेको छ । यो महत्वपूर्ण हो कि हामी सबै अमेरिकामा के भइरहेको छ, त्यो देख्न पाइरहेका छौं, कसरी त्यहाँका भ्रमित युवाले आफ्नो राष्ट्र चीनलाई बेचिदिएका छन् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप