शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शेखर सुमनले डेब्यू फिल्ममा नै रेखासँग गरेका थिए लभमेकिङ सीन, तकिया लिएर दिनभरी गरेका थिए अभ्यास

बिहीबार, ०६ फागुन २०७७, १५ : ०३
बिहीबार, ०६ फागुन २०७७

शेखर सुमन टिभी शोको शानदार होस्ट पनि हुन् । ग्ल्याम इन्डष्ट्रिमा करिब २५ वर्ष पुराना नायक शेखर सुमनले आफ्नो करियरको सुरुवात बलिउड नायिका रेखासँग गरेका थिए । शेखर सुमनको यो डेब्यू फिल्म थियो ‘उत्सव’ जसबारे नायकले केही रोचक कुराबारे जानकारी दिएका छन् ।

शेखर सुमनले इन्डियन एक्सप्रेससँगको कुराकानीमा बलिउडकी चर्चित नायिका रेखासँगको आफ्नो पहिलो फिल्मबारे कुरा गरेका छन् ।

उनले यो कुराकानीमा भने, ‘मेरो पहिलो फिल्म उत्सव थियो, यसमा निर्माता शशी कपुर थिए । यो फिल्ममा मैले निभाएको पात्रका लागि कलाकारको लाइन नै थियो भन्ने सुनेको थिएँ । मैले पनि स्क्रिन टेस्ट दिएँ । यद्यपि, यो भूमिका मैले पाऔंला भनेर सोचेको पनि थिइनँ । मलाई आज पनि याद छ कि म पृथ्वी थिएटर बाहिर उभिएर भित्र हेरिरहेको थिएँ । त्यतिबेला शशी कपुर बोट बिरुवामा पानी हालिरहेका थिए र उनले मलाई भित्र बोलाए । एक सानो बालक झैं म भित्र गएँ र उहाँले ‘तिमी यो भूमिका निभाउन चाहन्छौ ?’ भनेर सोध्नुभयो । मैले भने, ‘हो, पक्कै पनि ।’ उहाँले भन्नुभयो, ‘ अरु कसैले यो भूमिका पाउनुअघि तिमी नै  जाउ ।’

उनले भने, ‘त्यसपछि म झट्पट दौडिएँ । पृथ्वी थिएटरबाट जुहू अंधेरीसम्म टेम्पो चढेर पुगेँ । त्यतिबेला म मुम्बई आएको तीन हप्ता मात्रै भएको थियो र मैले रेखासँग अभिनय गर्ने मौका पाइसकेको थिएँ । ’

उनले थपे, ‘म रेखाको फिल्म हेरेर हुर्किएको मान्छे हुँ र मैले यो कहिले पनि सोचेको थिइनँ कि म रेखाको अपोजिटमा फिल्ममा अभिनय गरिरहेको हुनेछु । ’

उनका अनुसार रेखासँग उनको पहिलो सट नै लभ मेकिङको थियो । उनले भने, ‘गिरिश कर्नाड म भएठाउँ आए र त्यो दिन निकै विशेष भएको बताए । उनले मेरो पहिलो सट नै रेखासँग भएको जानकारी दिए । उनले मलाई रेखा निकै व्यावसायिक नायिका भएको र उनले आफू भूमिका निर्वाह गरेकोले उनले आफ्नो दुबै हात फैलाएता पनि उनको नजिक जान नडराउन र आफ्नो उत्कृष्ट सट दिन नडराउन सुझाए । यो सुनेर मेरो मुटु बेस्सरी धड्किन थाल्यो ।’

त्यसैले मेंगलोर नजिकै कुन्दापुरमा सुटिङ सुरु भयो । शेखर सुमन आफ्नो भूमिकामा ड्रेसअपमा थिए र उनको अगाडि रेखा पुगिन् । रेखाले केही भन्नु अघि नै शेखर सुमनले उनलाई हेरेर आफ्नो हात फैलाए र आफ्नो डायलग बोले, यो देखेर रेखा चकित परिन् ।

रेखाले गिरिश कर्नाडतर्फ हेर्दै भनिन्, ‘ओह माय गड, यी अलिकति पनि नर्भस देखिएनन् । उनको आत्मविश्वास त हेर्नुहोस् । ’

यसबारे गिरिशले भनेका थिए, ‘उनले दिनभरी तकियासँग अभ्यास गरेका छन् ।’

यो सुनेर त्यहाँका सबै मानिसहरु बेस्सरी हास्न थाले । त्यसपछि शेखर सुमनले कहिले पनि पछाडि फर्केर हेर्नुपरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप