बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दिया मिर्जा र वैभव रेखीको विवाहबारे यसो भन्छिन् पूर्व श्रीमती सुनैना

बिहीबार, ०६ फागुन २०७७, १२ : ४७
बिहीबार, ०६ फागुन २०७७

बलिउड नायिका दिया मिर्जाले १५ फेब्रुअरीमा मुम्बईका व्यापारी वैभव रेखीसँग विवाह गरेकी छिन् । दियाले आफ्ना पहिलो श्रीमान् साहिल सांघासँग सम्बन्धविच्छेद गरिसकेकी छिन् । यस्तै वैभवको पनि सम्बन्धविच्छेद भइसकेको छ र एक छोरी समायराका पिता हुन् । वैभव र दियाको विवाहको खबर अचानक आयो तर यसले चर्चा भने व्यापक पायो । यस्तै अब यी दुईको विवाहमा वैभवकी पूर्व श्रीम्ती सुनैनाको प्रतिक्रिया आएको छ ।

पूर्व श्रीमानबारे यसो भन्छिन् सुनैनाः

दिया मिर्जाका श्रीमान् वैभवकी पूर्व श्रीमती सुनैना चर्चित योगा इन्स्ट्रक्टर हुन् । पूर्व श्रीमानको विवाहपछि उनले केही भिडियो आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । यसमा सुनैनाले भनेकी छिन्, ‘हो, मेरा पूर्व श्रीमानले दियासँग विवाह गरेका छन् । मैले थुप्रै मेसेज पाइरहेकी छु जसमध्ये धेरैले ‘के म र समायरा ठिक छौं ?’ भनेर प्रश्न सोधिरहेका छन् । सबैभन्दा पहिला त म तपाईंहरु सबैलाई धन्यवाद दिन चाहन्छु कि तपाईंहरुले मलाई आफ्नो ठान्नुभयो र यसबारे चिन्ता व्यक्त गर्नुभयो । छोरी उक्त कार्यक्रमको हिस्सा बन्न पाएकोमा मलाई खुसी लागेको छ ।’

छोरीलाई खुसी देखेर खुसी छिन् सुनैनाः

सुनैनाले भनिन्, ‘हामी पूर्ण रुपमा ठिक छौं । ठिक मात्रै होइन, मेरी छोरी निकै उत्साहित छिन् । मैले केही भिडियो देखेकी छु जसमा उनले फूल फ्याँकिरहेकी छिन् । हाम्रो मुम्बईमा कोही परिवार छैन, यो राम्रो कुरा हो कि अब मुम्बईमा उसको परिवार बढेको छ । परिवारमा कसैको आगमन हुनु सधैं राम्रो कुरा हो । ’

सुनैनाले भनिन्, ‘समायरा आफ्ना आमा–बुवाको विवाहमा प्रेम देख्न सकिनन् । अब यो विवाहमा उनले प्रेम देख्नेछिन्, यो खुसीको कुरा हो । ’

उनले दिया र वैभवलाई विवाहका लागि बधाई दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप