बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गोबिन्दाले गराएका थिए साजिद र दिव्या भारतीको पहिलो भेट, विवाहको ११ महिनामै नायिकाको भएको थियो मृत्यु

बिहीबार, ०६ फागुन २०७७, ११ : ०९
बिहीबार, ०६ फागुन २०७७

बलिउडका चर्चित फिल्म निर्माता साजिद नाडियाडवाला ५४ वर्ष पुगेका छन् । फिल्मी करियरभन्दा बढी उनी आफ्नो नीजि जीवनका लागि चर्चामा रहे । उनको विवाह दिव्या भारतीसँग भएको थियो । विवाह गरेको ११ महिनामै दिव्याको मृत्यु भएको थियो । श्रीमतीको मृत्युपछि एक अन्तरवार्तामा साजिदले दिव्यासँग निकै हतारोमा विवाह गर्ने निर्णय लिएको बताएका थिए ।

गोबिन्दाले गराएका थिए साजिदसँग भेटः

१६ वर्षको उमेरमा साजिद नाडियाडवालासँग दिव्या भारतीको पहिलो भेट भएको थियो । सन् १९९० मा जब फिल्मसिटीमा गोबिन्दा र दिव्या फिल्म ‘शोला र शबनम’ को सुटिङ गरिरहेका थिए । त्यतिबेला साजिद आफ्नो साथीलाई भेट्न सेटमा गएका थिए । गोबिन्दाले नै पहिलो पटक दुबैलाई भेटाइदिएका थिए ।

एक अन्तरवार्तामा साजिदले भनेका थिए, ‘१५ जनवरी सन् १९९२ मा दिव्याले विवाह गर्ने माग गरिन् । त्यसको भोलिपल्ट नै उनी आफ्नो नाम अन्य को–स्टारसँग लिंक गरेको भन्दै उनी निकै चिन्तित थिइन् । यी सबै अफवाहको तगडा जवाफ दिनका लागि पनि उनी विवाह गर्न चाहन्थिन् ।’

धर्म फेरेर गोप्य रुपमा भयो विवाहः

२० मे, १९२२ मा हेयर ड्रेसर सन्ध्या र उनका श्रीमानको उपस्थितीमा दिव्या–साजिदको विवाह भएको थियो । विवाह पश्चात् दिव्याले इस्लाम धर्म अँगालिन् र आफ्नो नाम फेरेर सना राखिन् ।

साजिदले एक अन्तरवार्तामा बताएका थिए, ‘हामीले विवाहको कुरा लुकायौं किनभने दिव्याको करियर दाउमा लागेको थियो । यो कुरा सार्वजनिक होला भनेर निर्माता डराउँथे । तर म भने यो कुरा सबैलाई भन्नुपर्छ भन्थेँ । दिव्या सधैं आफ्नो विवाहको कुरा सबैलाई बताउन चाहन्थिन् । तर निर्माताको कुरा सुनेर म उनलाई यसो नगर्न भन्थेँ तर अहिले आएर यस्तो लाग्छ कि हामीले यस्तो गर्नु हुँदैनथ्यो ।’

१९ वर्षको उमेरमा भएको थियो मृत्युः

उनको मृत्युको कारणमाथि सधैं विवाद रहँदै आएको छ । सन् १९९० मा रिलिज भएको तेलुगु फिल्म ‘बोबली राजा’ बाट डेब्यू गर्ने दिव्याले सन् १९९२ मा बलिउड फिल्म ‘विश्वात्मा’ मा काम गरिन् । यो फिल्ममा दिव्यामाथि छायांकन गरिएको गीत ‘सात समन्दर पार’ बोलको गीत आज पनि धेरैको मुखमा झुण्डिन्छ । यसबाहेक उनले १४ वटा फिल्ममा काम गरिन् जसमा धेरैजसो हिट नै भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप