बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्न काँग्रेस बैठक बस्दै

बिहीबार, ०६ फागुन २०७७, ०९ : ४३
बिहीबार, ०६ फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बिहीबार पनि बस्दै छ । बुधबारको बैठकमा पेस भएका एजेण्डामाछि छलफल गर्न आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने छ ।

केन्द्रीय समितिको बुधबारको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरिएको थियो । यस्तै पार्टी महाधिवेशन र वर्तमान राष्ट्रिय राजनीतिका विषयमा पनि बैठकमा छलफल भइरहेको छ ।

काँग्रेसले १४ औँ महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ । यस्तै गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ ।

केन्द्रीय महाधिवेशन बाहेकको कार्यतालिकामा  वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संशोधनको आवश्यकता औँल्याएको छ। हिजोको बैठकमा पौडेलले उक्त मितिलाई परिमार्जनसहित अगाडि सार्नुपर्ने धारणा राखेका थिए । तत्लो तहको अधिवेशनको मिति व्यवहारिक नभएको उनको भनाइ थियो ।

संसद विघटनविरुद्धमा गरिएका आन्दोलनको समीक्षा र नयाँ कार्यक्रमबारे पनि छलफल हुने महामन्त्री पूर्णबहादुर खड्का जानकारी दिए । अब शक्ति प्रदर्शनका रुपमा विरोधका नयाँ कार्यक्रम ल्याउनुपर्नेमा नेताहरुको जोड छ ।

यी सबै विषयमा संसद विघटनबारे सर्वोच्चको फैसलापछि निर्णय लिने वा आज भन्नेमा पनि काँग्रेसमा अन्यौलता देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप