बेलायतकी महारानीका पति फिलिप अस्वस्थ, अस्पतालमा भर्ना
बुधबार, ०५ फागुन २०७७, २२ : २१
लन्डन । बेलायतकी महारानी एलिजावेथका पति अस्वस्थ्य भइ अस्पतालमा भर्ना भएका छन् । महारानीका पति अर्थात् ‘ड्युक अफ एडिनबरा’ प्रिन्स फिलिपलाई मंगलबार साँझ अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ ।
बकिङ्घम प्यालेसका अनुसार ९९ वर्षीय प्रिन्स फिलिपले असहज महसुस गरेका थिए । उनलाई लन्डनस्थित किङ्ग एडवर्ड अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
राजदरवारका तर्फबाट जारी बयानमा जनाइएअनुसार स्वास्थ्य अवस्था बिग्रिएपछि चिकित्सकको सल्लाहअनुसार प्रिन्स फिलिपलाई तत्काल अस्पताल भर्ना गरिएको हो ।
उनी केही दिनसम्म चिकित्सककै निगरानीमा अस्पतालमा रहन सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा