मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो (अपडेट)

बुधबार, ०५ फागुन २०७७, १९ : ५६
बुधबार, ०५ फागुन २०७७

गुल्मी । गुल्मीको परालमीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार दुर्घटनामा मृत्यु हुनको संख्या ३ पुगेको हो । पाण्डेका अनुसार १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको हो ।

दुर्घटनामा परेका अन्य घाइतेको उपचार भैरहेको डिएसपी पाण्डेले जानकारी दिए । दुर्घटनामा परेको उक्त जिपमा १० जना सवार थिए ।  सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा कार्यालय नजिकै दुर्घटना भएको थियो ।  जिप सडकबाट करिब ८ सय फिट तल खसेको अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप