बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयले कर्मचारीसँग माग्यो कागजात

बुधबार, ०५ फागुन २०७७, १९ : ४६
बुधबार, ०५ फागुन २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका लागि कर्मचारीहरूसँग आवश्यक कागजात माग गरेको छ । अधिकाँश निवेदन र सहमतिपत्र तोकिएको बमोजिम नआएकाले पुनः कागजात पठाउन मन्त्रालयले आग्रह गरको हो । यसअघि अनलाईनमार्फत माग गरेको कागजपत्र प्रक्रिया नपुर्याई आएकोले मन्त्रालयले पुनः कागजपत्र पेस गर्न माग गरेको हो ।

इच्छुक कर्मचारीले फागुन १ देखि १६ गतेसम्म समायोजन र मिलानका लागि अनलाइनमार्फत आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी भएको ‘कर्मचारी समायोजन र मिलान सम्बन्धी मापदण्ड, २०७७’ मा व्यवस्था भएअनुसार समायोजन तथा मिलान गरिने जारी सूचनामा उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप