शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

पार्टी छाडेर जानेसँग आउँदो निर्वाचनमा बदला लिन्छौं : मुख्यमन्त्री पोखरेल

बुधबार, ०५ फागुन २०७७, १९ : ४५
बुधबार, ०५ फागुन २०७७

घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी छाडेर जानेहरुसँग आउँदो चुनावमा बदला लिने चेतावनी दिएका छन् ।

बुधबार अखिल नेपाल महिला संघ दाङको पार्टी कार्यालय भरतपुरमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेकपाकै प्रचण्ड–नेपाल पक्षलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् ।

दाङमा प्रत्यक्षतर्फ जित्ने प्रतिनिधिसभा सदस्यहरु आफुहरुसँग नरहेको भन्दै उनले प्रधानमन्त्री केपी ओलीको बलमा चुनाव जित्नेहरुले अवसरवाद प्रदर्शन गर्दै अनुशासनहीन काम गरेको आरोप लगाए ।

उनले त्यस्ता अनुशासनहीन प्रतिनिधिलाई आगामी चुनावमा जनताले पराजित गर्ने दावीसमेत गरे ।

काँग्रेसले प्रदेशको राजधानी बुटवल तोकेको भन्दै मुख्यमन्त्री पोखरेलले आफ्नो पहलमा दाङलाई स्थायी राजधानी बनाइएको जिकिर गरे । काँग्रेसले विगतमा जिम्मेवारी लिएर पनि काम गर्न नसकेको तर, नेकपाको नेतृत्वमा सरकार बनेपछि असाधारण काम भएको उनको दावी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप